बैतडी- बैतडीको पुर्चौडी हाटस्थित बसन्तपुर तथा खडिखेत बजारमा तीन बर्षअघि सुदूरपश्चिम प्रदेश सरकारले सुरू गरेकाे वृहत खानेपानी आयोजना अलपत्र परेकाे छ । उपभोक्ता समितिको लापर्वाहीका कारण आयाेजना निर्माण अलपत्र बन्दा यहाँकाे खानेपानी समस्या तत्काल समाधान नहुने देखिएकाे छ ।
वृहत खानेपानी आयोजना बारे उपभोक्ता समिति जिम्मेवार नबन्दा योजना अलपत्र परेको एमाले नेतासमेत रहेका स्थानीय कर्णबहादुर कुँवरले बताए । उनले भने, ‘हाट वृहत खानेपानी आयोजना निर्माण गर्नेगरी बनेकाे उपभोक्ता समिति नै गलत भयाे । खानेपानीको धेरै जरुरत हाटमा क्षेत्रमा छ । तर, खानेपानीकाे उपभोक्ता नै नभएका वडा-७ का व्यक्तिलाई अध्यक्ष बनाइयो । अर्को ठाउँको व्यक्तिलाई यहाँको समस्याबारे के मतलब ?’
अहिलेसम्म ट्यांकीको नाममा पिल्लर मात्रै ठड्याएको छ । त्यो पनि जिर्ण भै भइसकेकाे छ । केही ठाउँमा पाइप जडान गरिएको भए पुराना भइसकेका छन्प । केही पाइप त चोरी भैसकेकाे स्थानीयकाे भनाइ छ ।
पुर्चौडी नगरपालिकाकै मुख्य बजारका रुपमा रहेको बसन्तपुर तथा खडीखेत बजार नजिकै त्रिवेणी नदी छ । बजारकाे फोहोर यही नदीमा फालिदै आएका छन् । तर, कुनै सभा समारोह हुँदा तथा मेला लाग्दा अस्थाइ पसलेहरूले यही फाेहाेर नदीकाे पानीलाई खानेपानीका रुपमा प्रयोग गर्छन् ।
नगरपालिकाकी उपमेयर जानकी ऐर बमका अनुसार खानेपानी आयोजनामा काम गरेका मजदुरहरूले समेत ज्याला पाएका छैनन् । यहाँका महिलाले बिहान रोटी मात्रै खाएर दिनभर काम गरेका हामीले देखेका छाै’ उनले भनिन्, ‘ तर सुको ज्याला पाएका छैनन् । यस बिषयमा पोहोर मैले खानेपानी डिभिजन कार्यालयका प्रमुखसँग कुरा गरेँ र उहाँ आफै यता आएर काम सञ्चालन गर्नुभयो । तर उक्त काम एक महिना पनि चलेन् ।’ अहिले नयाँ समिति बनाएर काम सञ्चालन गर्न भनि ताकेता गरेको उनले बताइन । ‘एउटाले बिगारेको काममा अब कसले हात हाल्छ ?’ उनले भनिन् ‘पानीको मुहान कोटिला र बढी उपभोक्ताहरु रहेको हाटका मानिस भेला गराई हरहिसाब बुझाएर नयाँ समिति बनाएर काम गर्नुको विकल्प छैन् ।’ विगतमा पाँच जना कोठामा बसेर समिति बनाएकाले यो समस्या आएको उपप्रमुख बमको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस