मुगु- सदरमुकाम गमगढीको तल्लो बजारमा कार्तिक २९ गते आगलागी पीडितहरुको व्यक्तिगत सरसफाई तथा स्वच्छताका लागि सरसफाईका सामग्री सहयोग गरिएको छ ।
युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामिण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजिकरणमा अग्नि पिडित ८० घर धुरीलाई व्यक्तिगत सरसफाई तथा स्वच्छताका लागि सरसफाईका सामग्री सहयोग गरिएको हो ।
कार्तिक २९ गते आगलागीबाट १८ घर पूर्णरुपले क्षतिग्रस्त भएका थिए । हिरिसडेक मुगुले आगलागीबाट क्षति भएका १८ घरधुरीलाई त्रिपाल, ब्यांकेटसहित ब्यक्तिगत स्वच्छता सामग्री र अन्य ६२ घरधुरीलाई व्यक्तिगत स्वच्छता सामग्री उपलब्ध गराएको हिरिसडेक नेपालका संयोजक रमेश कुमार भामले बताए ।
हिरिसडेक मुगुले अग्निपीडितलाई खाद्यान्न लगाएत अन्य सामग्री सहयोग गर्दै आएको छ । हिउँदको बेला चिसो बढेपछि अहिले भएका टेन्टभित्र शित पस्ने गरेकोले यो पटक हिरिसडेकले त्रिपाल दिएको छ । यो त्रिपालले टेन्ट ढाकेर शित रोक्न सकिने पीडित ठेल्ले तामाङले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस