जाजरकोट- राजनीतिमा संख्या बढी देखाउनका लागि जाजरकोटका गाउँगाउँमा पार्टी प्रवेश गराउनेदेखि विभिन्न राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग बढिरहेको छ । ठूला दलको अधिवेशन चलिरहेको समयमा सबैभन्दा बढी बालबालिका नै प्रयोग गरेको देखिन्छ ।
सभा, सम्मेलन र विरोधका कार्यक्रममा बालबालिकाको प्रयोग अत्याधिक हुँदै आएकोमा अब दल प्रवेश कार्यक्रमसमेत बालबालिकालाई प्रयोग गरिन थालिएको छ ।
दलनिकट विद्यार्थी संगठनले आफ्ना माउ पार्टीको नेता सहभागी हुने कार्यक्रममा पनि बालबालिका तथा विद्यार्थीलाई समेत विद्यालयमा जम्मा गरेर विद्यार्थी संगठन विस्तार गर्ने र दल त्याग गर्न लगाई प्रवेश गराएको अभिभावकहरूले गुनासो गर्न थालेका छन् ।
बालबालिकालाई शिक्षा र राम्रो संस्कार दिने उमेरमा राजनीतिमा लगाएर भविष्य बर्बाद गर्न खोजेको बारेकोट गाउँपालिका– ४ का सुरेन्द्र सिंहले बताए ।
‘पढ्ने, लेख्ने उमेरमा राजनीतिक कुरामा बालबालिकालाई प्रयोग गरेर खण्डित गरी भविष्य बर्बाद गराउने काम हुनु गलत छ । यसको जती विरोध गरे पनि कम हुन्छ,’ उनले भने, ‘बालबालिका भनेका काँचो माटो हुन् । उनीहरूलाई जुन संस्कार दियो, सोहीअनुसारको चेतनामा वृद्धि हुन्छ ।’
विद्यालयका शिक्षकहरू समेत आफ्नो विचार मिल्ने दललाई सहयोग गर्न कार्यक्रममा विद्यार्थी पठाउने गरेको अभिभावकको गुनासो छ ।
आफ्ना छोराछोरीलाई देशविदेशका महंगो विद्यालयमा पढाउउने नेताहरूले जनताका छोराछोरीलाई भने राजनीतिक कार्यक्रममा समावेश गराएर उनीहरूको भविष्यमाथि खेलवाड गरेको नलगाड नगरपालिका–८ का नरबहादुर विकले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस