धनगढी( कैलालीको हुलाकी सडक खण्डअन्तर्गत भजनी नगरपालिकास्थित कान्द्रा नदीको पुल निर्माण आठ बर्षसम्म पूरा हुन सकेको छैन ।
ठेकेदारको लापर्वाहीका कारण पुल बन्न नसकेको हुलाकी सडक आयोजनाले जनाएको छ । ‘४ बर्षमा निर्माण गरिसक्ने पर्ने पुल आठ बर्षसम्म पूरा हुन सकेको छैन,’ हुलाकी सडक आयोजना धनगढीका इन्जिनियर पदम मडैले भने, ‘यसमा ठेकदारको लापर्वाही छ ।’ उनका अनुसार पुलको एउटा पिल्लरको डिजाईन परिवर्तन गरिनु पर्ने भएपछि सडक आयोजनालेनै एक वर्ष म्याद थप गरेको थियो । तर, सो समयमा ठेकेदार कम्पनीले पुल निर्माण सम्पन्न गर्न सकेन । त्यस पछि दुई पटक म्याद थप गर्दासमेत पुल निर्माण हुन नसकेपछि सडक निर्माणमा बाधा पुगेको छ ।
०७१ सालमा हुलाली सडक आयोजना र लामा, साल्पा छर्पा कन्ट्रक्सने जेभिबीच चार बर्षमा पुल निर्माण गरीसक्ने गरी सम्झौता भएको थियो । चार कराेड ४२ लाखमा ठेक्का पाएका भएको पुल असार ०७५ सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको थियो । तोकिएको मितिमा पुल नबनेपछि अन्तिम पटकका लागि चैत ०७८ सम्मका लागि पुल निर्माण म्याद थप गरेकाे छ । सो समयमा पुल निर्माण नभए ठेक्का सम्झौता तोडिने र ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अगाडि बढाइने इन्जिनियर मडै बताउँछन् । ‘ठेकदार कम्पनीले चैतसम्म पुल निर्माण गरी सक्ने प्रतिबद्धता जनाएको छ,’ इन्जिनियर मडैले भने, ‘यदि चैतसम्म पुल बनेन भने ठेक्का सम्झौता तोडेर ठेकदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस