मुगु- मुगुमा रहेका चारवटै स्थानीय तहहरूमा समयमै खाद्यान्न ढुवानी नहँुदा यहाका स्थानीयहरू चर्को मूल्य तिरेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् । खाद्यान्न ढुवानिको जिम्मा पाएका ठेक्कादारहरूले समयमा खाद्यान्न ढुवानी नगर्दा मुगुवासी महंगोमा खाद्यान्न किनेर छाक टार्न बाध्य भएका हुन् ।
खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय गमगढी बाट २०७८÷०७९ मा मुगुम कामारोङ्गको पुलु डिपोमा एक हजार क्विन्टल, सोरुकोट डिपोमा एक हजार ५०० क्विन्टल, श्रीकोट डिपोमा एक हजार क्विन्टल र सदरमुकाम गमगढी बजारको लागि ११ हजार क्विन्टल स्वीकृत भएको थियो ।
तर, सदरमुकामबाहेक अन्य डिपोहरूमा केही खाद्यान्न ढुवानी भए पनि पर्याप्त मात्रामा खाद्यान्न ठेकेदारले समयमा ढुवानी नगर्दा स्थानीयवासीहरू सोरुकोटको सोरु बजार, खत्याडको माथचौर आसपासका बजार, पुलु र छाईलबजारबाट चर्को मूल्य हालेर खाद्यान्न उपभोग गर्न बाध्य छन् ।
चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि सरकारबाट अनुदान खाद्यान्न व्यापार तथा व्यापार कम्पनी लिमीटेड कार्यालयबाट अनुदानमा अरुवा २५ केजीको एक हजार २००, जिरा मसिनो २५ केजीको एक हजार ७७५ रुपैयाँमा पाइने चामल पुलु बजारबाट तीन हजार रुपैयाँसम्म तिरेर खाने गरेको मुगमकामारोङ्ग गाउँपालिका–५ कि साग्मु लामाले बताइन् ।
मुगुमकामारोङ्ग गाँउपालिकामा २५÷३० केजी चामल चार हजार ५०० मूल्य तिरेर खान बाध्य भएको छ्यावाङ्ग लामाले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस