दाङ- राज्यले वन पैदावारको अधिकार सामुदायिक वन उपभोक्ताबाट कुन्ठित गराउन खोजेको सामुदायिक वन महासंघले आरोप लगाएको छ । वन नियन्त्रण गर्ने र अधिकार राज्यमा संचित गर्ने ध्ययेले ऐन र विनियम मार्फत् उपभोक्ताको अहित हुने नीति ल्याउने र अधिकार कुन्ठित गर्ने गरेको महासंघको आरोप छ ।
वन महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले सन्तान जस्तै गरेर हुर्काएको वनलाई राज्यले अधिकार प्रयोगबाट कुन्ठित पार्न खोजेको आरोप लगाइन् । उपभोक्ताहरु आफनो अधिकारको लागि जागरुक हुनु पर्ने र त्यसको अगुवाई महासंघले गरिरहेको उनले बताइन् । उनले मागको सुनुवाइ नभए पुस अन्तिमबाट कडा आन्दोलन गर्ने चेतावनी दिइन् ।
मंगलबार दाङको तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष पाठकले वनमा निगुरो, घोंगी टिप्न र माछा मार्न गएका आदीबासी, जनजाती, दलितहरुलाई गोली हानेर मारेको भन्दै मान्छे भन्दा जनावर ठूलो देख्ने नीति संशोधन हुनु पर्ने बताइन् ।
वर्षेनी जंगली जनावारको आक्रमणमा परेर मृत्यु तथा घाइते भएकाहरुको क्षतिपूर्तिका लागि समेत राज्य उदासिन भएको निकुञ्ज र बफर जोनमा नजिकै बसोबास गर्ने नागरिकलाई खोलाबाट पानीसमेत ल्याउन नदिएर अमानवीय व्यवहार गरेको पाठकको भनाइ छ ।
‘निगुरो टिप्न गएका, घोँगी टिप्न गएका र माछा मार्नका गएका आदीबासी जनजातीलाई गोली हानेर मारिएको छ । निकुञ्ज आसपास क्षेत्रमा वस्ती छ भन्ने थाह सरकारलाई छैन ?,’ उनले भनिन् ‘संघीय सरकारले वन नियमावलीको खिलापमा काम गरिरहेको छ । हामीले सहमति जनाएको ऐन र नियम समेत रातारात फेरिएको छ।’
वन संरक्षण गर्दै आएका उपभोक्तालाई गोठालो मात्रै बनाउने र ढलेका रुखहरु समेत उठाउन नदिनुका साथै दोहोरो टाँचाको व्यबस्था गरेर उपभोक्तालाई दुःखदिने काम राज्यले गरिरहेको उनको आरोप थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस