भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले युवाहरूलाई उद्यमी बनाउन एक हप्ते जेनेरेट युअर बिजनेस र स्टारट युअर बिजनेसको तालिम सञ्चालन गरेको छ । नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत नगरभित्रका स्थानीय युवालाई उद्यमी बनाउन सो तालिम सञ्चालन गरेको हो ।
नौ वडा रहेको पालिकामा वडा नम्बर १ देखि ४ सम्मका स्थानीयलाई चाँगुनारायण माध्यमिक विद्यालयमा र वडा नम्बर ५ देखि ९ सम्मका स्थानीयलाई भत्केको पाटीस्थित रोम्बस स्कुलमा तालिम सञ्चालन गरेको छ । दुवै तालिम केन्द्रमा सहभागी भएका युवाहरूलाई उद्यम परामर्श तथा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता र वित्तीय साक्षरतासम्बन्धी जेनेरेट युअर बिजनेस र स्टारट युअर बिजनेसको तालिम दिइएको पालिकाले जनाएको छ ।
नगर प्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरपालिकाले ल्याएको मेयर उद्यमशीलता कार्यक्रम मुलुकभरका स्थानीय तहका लागि उदाहरणीय भएको र बैंकले यसलाई चाँगुनारायण मोडल नामाकरण गरी अरु स्थानीय तहमा पनि सुरु गरेको बताए । उनले नगरपालिकाले गत वर्षको आर्थिक वर्षमा उद्यमशीलता कार्यक्रममा ११ सयभन्दा बढीको आवेदन परेको र त्यसमध्ये एक हजार १२ जनाले अभिमुखीकरण तालिममा सहभागी भएको बताए ।
उनका अनुसार सो तालिमबाट ६ सयजना स्थानीयलाई छनोट गरी गत वर्ष तीन सय ९० जनालाई उद्यमी बन्न कर्जाको व्यवस्था गरिएको थियो । जसअनुसार हालसम्म ६५ जना स्थानीयले बैंकबाट कर्जा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
कार्यक्रमका लागि पालिकाले राष्टिय युवा परिषद सानोठिमी र नेपाल बैंक लिमिटेडसँग सहकार्य गरेको नगर प्रमुख मिश्रले बताए । उनले कार्यक्रममा सहभागी भएका युवालाई विना व्याज तीन लाख कर्जाको व्यवस्था गरिदिने र पाँच वर्षसम्म साँवामात्र चुक्ता गर्नुपर्ने बताए ।
परिषद्का युवा अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख दिनेश ढुंगेलले नगरपालिकाले ल्याएको कार्यक्रमबाट वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने युवाहरूको कमी हुन सक्ने विश्वास व्यक्त गरे । उनले लगानीको कमी र रोजगारीको अभाव भएको भन्दै नेपाली युवा विदेश जाने गरेको बताए । जसमा १ प्रतिशत युवा तालिम लिएर दक्ष जनशक्तिको रूपमा काम गर्ने, ३५ प्रतिशत अर्धदक्ष र ६४ प्रतिशत अदक्ष जनशक्ति पलायन हुने गरेको बताए ।
ढुंगेलले नेपाल सरकारले वार्षिक आठ सयजनालाई मात्रै उद्यमी बन्ने तालिम दिने गरेको उल्लेख गर्दै नेपाली नागरिकले प्राविधिक सामग्री उत्पादन गर्न नसकेपनि कृषि जन्य सामग्री उत्पादन गरी आम्दानी गर्न सकिने बताए ।
प्रशिक्षक अर्जुन भट्टराईले एक साताव्यापी तालिममा सहभागिलाई कसरी उद्यमी बन्ने भन्ने विषयमा विस्तृत जानकारी दिइने बताए । उनले एक हप्ते तालिममा प्रशिक्षार्थीलाई उद्यमी बनाउन आधारको विकास गर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस