काठमाडौँ – पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।
जीवनमा आफूले महत्वपूर्ण र जीवन नै परिवर्तन हुने घटनाहरुको साक्षी बनेको बताउँदै पारसले आफ्नो फेसबुक पोस्टमा आफू वयस्क भएको र धेरै कुरा सिकेको बताएका छन् ।
बिहीबार ५०औं जन्म दिन मनाएका पारसले जीवन जिउने क्रममा आफूले आफ्ना सहकर्मीबारे जान्ने अवसर पाएको र प्रत्यक्ष रुपमा सांस्कृतिक विविधतावारे अनुभव गरेको उल्लेख गरेका छन् ।
जटिल परिस्थितिको समयमा पनि आफूले पाएको निस्वार्थ प्रेम सच्चा नेपाली भावना भएको उनले बताएका छन् ।
परिवार र शुभचिन्तकहरुको निरन्तरको सहयोगका कारण अरुको उत्थान गर्न सजिलो भएको र त्यसले आगामी पुस्ताका लागि अझै स्थिर र समतामूलक नेपाल बनाउन सहयोग गर्ने पारसले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस