सप्तरी- दश महिनाअघि सप्तरीका सर्वसाधारणको करोडौं रकम लिएर फरार भएका राजविराजका सिन्धी दाजुभाइ अझै पक्राउ पर्न सकेको छैनन्। राजविराजको गजेन्द्र चौकमा आईएमई व्यावसायी संचालन गर्दै आएका सञ्जय सिन्धी र सुनिल सिन्धी दाजुभाइले सर्वसाधारणको चार करोड २१ लाख ८४ हजार ७ रूपैयाँ ठगी गरी १७ फागुन २०७७ देखि फरार छन् ।
उनीहरूले ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ३५ जनाले उजुरी दिएका छन् । उनीहरूले वैदेशिक रोजगारमा रहेका व्यक्तिले आईएमईबाट पठाएको रकममध्ये केही तुरुन्तै दिएको र केही पछि दिने भन्दै फर्काएर ठगी गरेको पीडितहरूको आरोप छ ।
सिन्धी दाजुभाइ जग्गासमेत बिक्री गरि फरार भएका सुनचाँदी व्यापारी सत्रुधन सोनारले बताए । विभिन्न व्यक्तिसँग जग्गा बिक्रीको नाममा ६० लाखसम्म बैना लिएको खुलेको छ ।
तर, विभिन्न व्यक्तिबाट बैना लिए पनि उनीहरूले राजविराज नगरपालिकाका मातहतमा रहेको न्यायिक समितिबाट मिलापत्रको माध्यमले सिन्धी दाजुभाइको जग्गासहितका सम्पत्ति बिक्री गरेर फरार भएका हुन् ।
यस बिषयमा न्यायिक समितिको संयोजक एवं राजविराज नगरपालिकाका उपमेयर साधना झाले आफ्नोे उपस्थितिमा रकमको कुनै लेनदेन नभएको बताइन् । राजविराज नगरपालिका मेयर शम्भु यादवले उनीहरू भागेको चारदिन पछि मात्र जग्गा नगरपालिकाले जग्गा पास गरेको आफूलाई जानकारी भएको बताए।
‘पीडकलाई पक्राउ गर्न प्रशासनलाई पटकपटक दबाब दिँदै आएको छु। दोषी चाँडोभन्दा चाँडो पक्राउ परेर पीडितले न्याय पाउनु पर्छ भन्ने मेरो मान्यता छ,’ मेयर यादवले भने ।
यता जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले मुद्दा अदालतमा दर्ता गरेर पक्राउ गर्ने अनुमति लिएर आए पनि फरार रहेकाले पक्राउ गर्न नसकेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस