पोखरा- गण्डकीका दुई सडकमा सुरुङ मार्ग बनाउन सम्भाव्यता अध्ययन गरिने भएको छ । सडक विभागले बागलुङ र कास्कीदेखि स्याङ्जा जोड्ने सडकमा सुरुङमार्ग बनाउने निर्णय गरेको हो ।
बागलुङको बागलुङ बजारदेखि विहुँ हुँदै नरेठाँटी जोड्ने र कास्कीको फुस्रेखोलादेखि स्याङ्जा–गुडीखुला सुरुङका लागि अध्ययन गर्न लागिएको हो ।
यसका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटको आशयपत्र माग गरिएको छ । बिहीबार सूचना निकालेर आशयपत्र माग गरिएको हो । योसँग नेपालका अन्य ३ वटा सडकमा पनि सुरुङमार्गको अध्ययन गरिने भएको छ ।
रारा राजमार्गको कुसेपाटन, जाजरकोट हुँदै जुम्ला सडक, पाल्पाको प्रवास देखि जोर्ते सडक र भक्तपुरको ताथलीदेखि सिन्धुपाल्चोकको रावियोपी सडकमा सुरुङ मार्ग बनाउन प्रस्ताव गरिएको हो । पुस ३० गतेभित्र आशयपत्र मागेर अध्ययनको प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस