दार्चुला- महाकाली नदी स्वच्छ राख्न दार्चुला सदरमुकाम खलंगामा ‘पवित्र महाकाली स्वच्छता अभियान’ को सुरुवात गरिएको छ । सनातन धर्मावलम्बीहरूको आस्थाको धरोहर पवित्र महाकाली नदीको स्वच्छताका लागि सामूहिक संकल्प गरिएको ‘पवित्र महाकाली स्वच्छता अभियान’का संयोजक शंकर सिंह धामीले बताए ।
महाकाली नदीले हामीलाई स्वच्छ हावापानी, ढुङ्गा गिट्टी बालुवा लगायत नदी जन्य पदार्थ दिने मात्रै नभई यसले देशको सीमा सुरक्षा समेत गरेको उनको भनाई छ । ‘प्रकृतिबाट अनुपम, अद्वितिय सम्पदा पाएका छौ, समयमै यसको संरक्षण गर्नु आवश्यक छ’ धामीले भने ।
हाल महाकाली नदी सरसफाइका प्रमुख चुनौतीहरू नदी किनारमा दिशा, पिसाब गर्ने, फोहोरमैला जथाभाबी फाल्ने, सिसाका बोतलहरू नदीमा फाल्ने लगायत रहेका छन् । महाकाली नदी पवित्र हो भन्ने चेतनाको कमी तथा सम्मान भाव नभएकाले फोहोर गर्ने समस्या रहेको छ । महाकाली नदीप्रतिको सम्मानभाव जगाउनु आजको आवश्यकता रहेको संयोजक धामीले बताए ।
केही वर्ष पहिले दार्चुला सदरमुकाम खलंगाका स्थानीयले महाकाली नदीको पानी पिउने गरेको स्थानीय राजेन्द्र अवस्थीले बताए । बढ्दो सहरीकरणले महाकाली नदी पनि फोहोर हुनै गइरहेकाले यसको स्वच्छताका लागि समयमै सजग हुनु आवश्यक रहेको उनको भनाई छ ।
दार्चुला सदरमुकाम भन्दा माथिल्लो क्षेत्रमा महाकाली नदीमा फोहोर फाल्ने प्रवृत्ति कम छ । दार्चुला सदरमुकाम क्षेत्र महाकाली नदी फोहोर गर्ने पहिलो विन्दु हो ।
पवित्र महाकाली स्वच्छता अभियान’ले शनिबार दार्चुला सदरमुकाम स्थित महाकाली नदी किनारमा गरेको भेलामा झण्डै ३० जनाले नदीको पानी हातमा लिएर नदी स्वच्छ राख्ने संकल्प लिएका छन् । महाकाली नदी नेपाल र भारतको सीमा नदी भएकाले दुवै देशका स्थानीयहरू सचेत भएका नदी स्वच्छ रहनेमा सहभागी एकमत रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस