हालैमात्र अभिनेता सलमान खानले आफ्नो जन्मदिनमा अनीस बज्मीसँग मिलेर फिल्म ‘नो एन्ट्री’को सिक्वेल बनाउने घोषणा गरेका छन् । सलमानका अनुसार कमेडी जनराको यो फिल्म चाँडै छायांकनमा जाँदैछ ।
‘नो एन्ट्री मे एन्ट्री’ नाम दिइएको फिल्ममा सलमान, अनिल कपूर र फरदीन खान तेहोरो भूमिकामा देखिनेछन् । यी सबै नौ चरित्रका लागि नौ अभिनेत्रीलाई कास्ट गर्ने तयारीमा फिल्म युनिट जुटेको छ । जसका लागि ४ अभिनेत्री फाइनल भइसकेका छन् ।
यो फिल्मको सिक्वेलको योजना ६ वर्षअघिदेखि नै सुरु भएको हो । अहिले फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । फिल्मका लागि विपाशा बसु, सेलिना जेटली, लारा दत्ता र डेजी शाह फाइनल भइसकेका छन् । डेजी सलमानको कुनै एक चरित्रको अपोजिटमा हुेनछिन् । फिल्ममा उनको केमियो र एक डान्स नम्बर हुनेछ । फिल्मले पत्नीबाट भड्किएका तीन पति र उनीहरुको पागलपनलाई देखाउनेछ ।
स्रोतका अनुसार सलमानले नै डेजीको नाम सिफारिस गरेका हुन् । सलमानले डेजीलाई फिल्म ‘रेस ४’मा पनि कास्ट गर्ने प्रतिबद्धता जनाएका छन् ।
सन् २००३ मा रिलिज फिल्म ‘तेरे नाम’मा डेजीले एक गीत ‘लगन लगी’मा कोरस डान्स गरेकी थिइन् । सन् २०१४ को ‘जय हो’मा उनले सलमानको लभ इन्ट्रेस्ट र सन् २०१८ मा ‘रेस ३’मा सलमानको सौतेली बहिनीको भूमिका निभाएकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस