दाङ- दाङमा आगूऔषध कारोबारमा बालबालिकाहरूको प्रयोग देखिएको छ । लागूऔषध कारोबारीहरूले महिना र बालबालिकाहरूको प्रयोग गरेको प्रहरीले बताएको छ । मुख्य कारोबारी नभेटिने र उनीहरूले कम उमेरकालाई बेचविखनका लागि परिचालन गर्ने प्रहरीले विभिन्न समयमा पक्राउ गरेको व्यक्तिहरूबाट प्रस्ट हुने गरेको छ ।
पछिल्लो समय प्रतिबन्धित लागूऔषधको कारोबार बढ्दै गएको छ । प्रहरीले दैनिक जसो जिल्लाका विभिन्न ठाउँबाट लागूऔषध कारोबारीहरूलाई पक्राउ गरी उनीहरूलाई सार्वजनिकसमेत गर्ने गरेको छ । लागूऔषधको कारोबारमा २५ वर्षदेखि माथिको उमेर समूह सक्रिय बन्दै गइरहेका बेला पछिल्लो समय २० वर्ष मुनीका व्यक्तिहरूको प्रयोग बढ्दो देखिएको छ । किशोरकिशोरीसमेत लागूऔषधको कारोबारमा संलग्न हुन थालेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार प्रतिबन्धित लागूऔषध (ब्राउन सुगर) सहित दुई दिनमा तुलसीपुरबाट दुई किशोरी सहित पाँच जना पक्राउ परेका छन् । भने पुस महिनामा मात्रै तुलसीपुर क्षेत्रबाट लागूऔषध कारोबार गर्ने करिब २४ जना व्यक्तिहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालका अनुसार दुई दिनको अवधिमा ३ महिला र २ पुरुषलाई लागूऔषधसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीय दिपु नेपाली, तुलसीपुर–६ बरुवागाउँ निवासी २४ वर्षीय उर्मिला चौधरी रहेका छन् । यसैगरी तुलसीपुर–६ बरुवा गाउँकै २९ वर्षीय रुद्रमणि पोखरेल शर्मा र तुलसीपुर–७ सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् ।
पक्राउ परेका उनीहरूको साथबाट ५ ग्राम ७सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस