लमजुङ – लमजुङमा आठ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु गरिएको हो । ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले बताए ।
चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्म २ हजार ८ सय ८९ जनाले जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् जसमध्ये १ हजार ७ सय २९ जना पुरुष र १ हजार १ सय ६० जना महिला रहेका छन् । सूचना अधिकारी मिश्रका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३ सय ८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए । जसमध्ये २ हजार ३ सय ८१ महिला र २ हजार ९ सय ९९ पुरुष रहेका छन् ।
चार/चार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिएता पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न नसकेको मिश्रको भनाई छ । लमजुङमा डेढ वर्ष अघि गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले राष्ट्रिय परिचयपत्र बनाउँदै अभियानको सुरुवात गरिएको हो । सोही समयदेखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएका नागरिकहरूले अहिलेसम्म पनि राष्ट्रिय परिचयपत्र पाएका छैनन् ।
१६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पाउनेछन् । परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य चाहिने र राहदानी निकाल्नको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस