खोटाङ- खोटाङमा ५ हजार ८४६ नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातामध्ये महिलाको संख्या ८० ले बढी छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै गत १७ मंसिरदेखि २६ मंसिर र २९ मंसिरदेखि ९ पुससम्म सञ्चालन गरिएको फोटो सहितको मतदाता नामावली संकलन अभियानका क्रममा २ हजार ९६३ महिला र २ हजार ८८३ पुरुष मतदाताको नाम दर्ता भएको हो ।
पहिलो चरणमा १ हजार ३०९ पुरुष र १ हजार ४३ जना महिला गरी २ हजार ३५२ नयाँ मतदाता नामावली दर्ता भएको निमित्त जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले बताए । दोश्रो चरणमा महिला १ हजार ९२० जना र पुरुष १ हजार ५७४ गरी ३ हजार ४९४ नयाँ मतदाता थपिएका छन् ।
यस अवधिमा अन्य जिल्लाका ७ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन् । पहिलो चरणमा ४ जना र दोश्रो चरणमा ३ जनाले मतदाता नामावली दर्ता गराएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस