जनकपुरधाम- केही दिनदेखि बढेको अत्यधिक चिसोको कारण प्रदेश २ मा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ ।
बुधबार मात्रै सिराहाको कल्याणपुर नगरपालिका–१ अर्नामाकी ६० वर्षीय पल्टी सदाको चिसो कारण मृत्यु भएको छ । सदाको बुधबार बिहानै घरमा चिसोले कठ्यांग्रिएर मृत्यु भएको स्थानीय वडाध्यक्ष राजाराम कामतिले जानकारी दिए ।
त्यसैगरि, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ६० वर्षीय समुन्द्रीदेवी यादव र सप्तरीको महादेव गाउँपालिकाका–६५ वर्षीय देवनारायण ठाकुरको सोमबार चिसोको कारण मृत्यु भएको छ ।
यसैबीच, दिनभरि चल्ने चिसो हावा, बिहान र राती पर्ने शीतलले प्रदेश २ को जनजीवन प्रभावित हुँदै गएको छ । बुधबार बिहान ८ बजे जनकपुर– काठमाडौं उडान पर्ने बुद्ध एयरको जहाजले पनि उडान भर्न सकेन ।
चिसो बढेपछि बिहान र बेलुकी जनकपुरसहित यस क्षेत्रका बजारको जनजीवन प्रभावित बनेको छ । वृद्ध उमेर समूहका बिरामीको संख्या बढेको जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक केडि दासले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस