झापा- झापाको मेचीनगर-७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर-८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो । उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।
टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चट्ठ घर पूणर्रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी असप्तालमा उपचार भइरहेको छ । मेचीनगर-८ का ८ वर्षीया शुसीला अधिकारी उपचारपछि घर फर्किएकी छन् ।
आगलागीमा ग्यास विस्फोट हुँदा बिर्तामोड-९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशीको, मेचिनगर ७ का ३२ वर्षीय दिपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुवलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशंकर न्यौपाने, ३६ वर्षीय हरि विक र ३६ वर्षीय निर्मल शर्मा र मेचीनगर-८ का ४० वर्षीय लेखनाथ तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस