सिरहा- सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारलेमात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो ।
फर्म दर्ता गराएका ठेक्केदार कम्पनीसँगको निश्चित कमिशन कर्मचारी र जनप्रतिनिधिले लिने सर्तमा फर्म बुझेको ठेकेदारहरुकै आरोप छ । जुन कम्पनीसगँ बार्गेनिङमा कुरा मिलेन उनीहरुको फाइल प्रशासकीय अधिकृतको टेवलमा पुग्दासमेत दर्ता नगरेको राज कन्ट्रक्सनका प्रतिनिधि लव महतोले बाताए ।
उनलेभने, ‘मैले आफै फाइल लिएर सययमै प्रशासकीय अधिकृतको टेवलमा पुर्याए । तर, समय सकिएको भन्दै प्रशासकीय अधिकृत रविन्द्रकुमार महतले फर्काइदिनुभयो ।’ फर्काउने क्रममा प्रशासकीय अधिकृत महतले ‘तल साथीहरु छन्, त्यहीँ बसेर मिलाएर आउनुस्’ अनि ‘फाइल लिने नलिने भनौंला’ भन्दै फर्काएको उनले बताए । महताेले तल केही ठेकेदार बसेर तालमेल गरिरहेको पछिमात्र थाहा पाएकाे बताए ।
बिष्णुपुरले १६ मंसिरमा वडा न ५ लक्ष्मीपुर चाेकदेखि अर्नामाको सीमासम्मको सडक कालोपत्रे, जमुवाटोल देखि खोरियाटोल हुँदै नरहा गाउँपालिकाकाे सीमा सम्मको सडक स्तरउन्नति र लक्ष्मीपुरदेखि थलहाकटहा कालोपत्रे सडक मर्मतका लागि टेन्डर आव्हान गरेको थियो ।
सोही सूचनाको आधारमा करिव ५० वटा कन्सट्रसनले फर्म खरिद गरेका थिए । प्रतिफर्म बुक ३ हजारको दरले खरिद गरे पनि ५ वटा कन्सट्रसनको मात्र फर्म दर्ता भएको छ ।
पालिकाले प्रकाशन गरेको सूचनामा योजनाको विनियोजित रकमसमेत उल्लेख गरेको छैन । सेटिङकै लागि गाउँपालिकाले योजनाको रकम उल्लेख नगरेको जानकार बताउँछन्
कुनै पनि योजनाको सूचना प्रकाशन गर्दा कामको प्रकृति र त्यसको लागत मूल्य प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर, पालिकाले प्रावधान मिचेर सेटिङकै लागि रकम उल्लेख गरेका छैनन् ।
तोकिएका योजनाको लागि शिवम कन्सट्रसन, मनी निमार्ण सेवा, आर्दश निमार्ण सेवा , कुशवाहा ब्रोदर्श इनिजिनियर्सले फर्म दर्ता गराएको छ । दर्ता भएका फर्मको पनि कागजात पूर्ण नरहेकाले कुन योजना कसलाई परेको भन्ने प्रशासकीय अधिकृतले बताउन चाहेनन् । उनलाई फोनमा सम्पर्क गर्दा आफू कार्यालय बाहिर भएकाले कुन योजना कसलाई परेको हो भन्न सकिने अवस्थामा नरहेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस