पोखरा- अघिल्लो साता अप्रत्यासित रुपमा हिउँ पर्यो । पूर्व सूचना थिएन । अन्य बेला हिउँ नपर्ने ठाउँमा समेत हिमपात भयो । अहिले पनि मौसम खुलिसकेको छैन । उत्तरी गोरखा पूरै हिमालसँग जोडिएको छ । सामान्य मौसम फेरबदलमै यहाँ हिमपात हुन्छ । केही दिनअघि एउटा तस्बिर सार्वजनिक भएको थियो जहाँ हिउँमाथि टेबुल कुर्सी राखेर विद्यार्थीले परीक्षा दिँदै गरेका थिए ।
यो तस्बिर गोरखाको चुमनुब्री गाउँपालिका-४ गापस्थित नुब्री आधारभुत विद्यालयको प्रथम त्रैमासिक परीक्षाको थियो । एक्कासी हिमपात भयो, शिक्षकहरूले पूर्वनिर्धारित परीक्षा रोक्न सकेनन् । कक्षाकोठामा राखेर परीक्षा दिन नसक्ने अवस्था नभएपछि विद्यार्थीलाई बाहिर राखेर परीक्षा दिन लगाइयो । टेबुलकुर्ची हिउँमाथि राखिएको थियो, त्यहीँबाट विद्यार्थीले परीक्षा दिए । १ देखि ८ कक्षासम्म पढाई हुने उक्त स्कुलका ९० बालबालिकाले हिउँमाथि बसेर परीक्षा दिए । पहिलो र दोस्रो सिफ्ट गरेर परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेश ढकालले जानकारी दिए ।
‘परीक्षा सुरू भएपछि हिउँ पर्न थाल्यो । भित्र राख्दा झनै जाडो हुने भएपछि बाहिर राखेर परीक्षा दिन लगाएका हौं,’ उनले भने, ‘हतार गरेर परीक्षा सक्यौं । स्कुल बन्द गरेर हामी चाहीँ बेँशी झरेका छौं, विद्यार्थी घरतिरै छन् ।’ गाउँपालिका र वडाको मौखिक निर्देशनपछि एक महिनाका लागि विद्यालय बन्द गरेको र एक महिनापछि सोही भवनमा स्कुल सन्चालन गरिने ढकालले बताए ।
चुमनुब्रीमा एउटा मात्रै घुम्ती विद्यालय छ । मनाङ र मुस्ताङका विद्यालयले पोखरा, लमजुङ, काठमाडौंलगायत ठाउँमा घुम्ती पढाई चलाउँछन् । तर, गोरखामा त्यो व्यवस्था नभएकोले समस्या परेको उनले बताए । ‘घुम्ती स्कूल भए सजिलो हुन्थ्यो । हाम्रो तिर सरकारले त्यो सुविधा दिएको छैन,’ उनले भने, ‘आफै गरौं भने स्राते पुग्दैन । विद्यार्थीलाई यसरी गाह्रो हुन्छ ।’ उत्तरी गोरखा भौगोलिक रुपमा विकट र चेतनास्तरमा पनि कमजोर छ । सरकारले आवासीय विद्यालयको अवधारणा ल्याए पनि कार्यान्वयन राम्रो छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस