रसुवा- रसुवामा रहेका अति विपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा बितरण सुरु गरेको छ । दैनिकजसो चिसो बढेसँगै जिल्लामा रहेका अति बिपन्न परिवारलाई चिसोबाट जोगाउन जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा स्वरुप ब्लाङ्केट बितरण सुरु गरेको हो ।
बिहीबार नौकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ का ५० जना अति विपन्न परिवारलाई न्यानो कपडा स्वरुप ब्लाङ्केट बितरण गरि अभियान सुरु गरिएको जिल्ला विपद् व्यवस्थापन समिति रसुवाका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘हिमपात हुने र दैनिक रुपमा चिसो बढेसँगै यो समयमा अति विपन्न परिवार बढी प्रभाबित हुने हुँदा चिसोलाई मध्यनजर राख्दै नौकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ का अति बिपन्न परिवारलाई न्यानो कपडा स्वरुप ब्लाङ्केट बितरण गरि अभियान सुरु गरेका छौँ,’ उनले भने, ‘जिल्लामा हिमपात तथा अत्याधिक चिसो हुने क्षेत्रका अति विपन्न गरिब परिवारलाई बितरण गछौँ ।’
जिल्लाको ५ वटा गाउँपालिकाको २७ वटा वडा मध्ये १६ वटा वडाका ३ सय ३० घरपरिवारका अति विपन्न रहेका परिवारलाई न्यानो कपडा बितरण गरिने उनले बताए । ६ जना सम्मको परिवारलाई एउटा र ७ जना भन्दा माथिका परिवारलाई २ वटा ब्लाङ्केट बितरण गरिने उनले बताए ।
अबको करिब एक साता भित्रमा लक्षित अति विपन्न सबै परिवारलाई न्यानो कपडा स्वरुप ब्लाङ्केट बितरण गरिने जैसिले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस