खोटाङ – आत्महत्या गरेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग जुटाइएको छ । कर्णबहादुर गत १४ मंसिरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि विचल्नीमा परेका उनका वृद्ध आमा बुबा, श्रीमती र चार छोराछोरीको सहयोगार्थ अभियान्ता सञ्जयकुमार राईको पहलमा ४१ हजार ७३१ रुपैयाँ जुटाइएको हो ।
कर्णबहादुरको काजक्रिया गर्न तथा बालबच्चाको लालनपालनमा सहयोग पुर्याउने लक्ष्यका साथ १० जना दाताबाट संकलन गरिएको रकम शुक्रबार नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल र नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशीले मृतक परिवारलाई हस्तान्तरण गरेका छन् । मुग्राती परिवारको आर्थिक अवस्था नाजुक भएकाले सहयोगी दाताबाट संकलन गरेर आर्थिक सहयोग प्रदान गरिएको अभियान्ता राईले बताए ।
अभियान्ता राईको पहलमा मुग्राती परिवारलाई सहयोग जुटाइएको यो दोश्रो चरण हो । आवश्यकता अनुसार मुग्राती परिवारको सहयोगमा सहयोग अभियान सञ्चालन गरिने राईले बताए । मुग्राती दम्पत्तीका तीन छोरा र दुई छोरीमध्ये १८ वर्ष पुगेकी जेठी छोरीको विवाह भइसकेको छ । उनका वृद्ध बुबा प्रेसरको समस्याबाट पीडित छन् भने आमा आँखा नदेख्ने अवस्थामा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस