सिमकोट – खार्पुनाथ गाउँपालिका-४ को लेखगाउँ जानेबाटो नजिक रहेको मेलरुखमा भेटिएको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
गत शुक्रबार दिउँसो १२ बजे खार्पुनाथ गाउँपालिका-४ लेख गाउँका स्थानीय सिन्दान्ता जेठाराले बाटोमा हिँड्ने क्रममा बम फेला पारेका थिए ।
स्थानीय जेठाराले बम फेला पारे लगत्तै प्रहरी चौकी यांचुलाई खबर गरेका थिए । खार्पुनाथ गाउँपालिकामा रहेको प्रहरी चौकी याँचुले खबर पाए लगत्तै प्रहरी सहायक निरीक्षक जगदीश भण्डारीको नेतृत्वमा प्रहरी टोली खटाएको थियो ।
प्रहरी सहायक निरीक्षक भण्डारी नेतृत्वको टोलिले सकेट बम रहेको र बम पुरानो खिया लागेको प्रमाणित गरेको थियो । त्यस लगत्तै बम डिस्पोजलका लागि बरादल गुल्म रानावनबाट सेनानी गणेश खड्काको नेतृत्वको टोलीले बम डिस्पोज गरेको सहायक प्रमुख जिल्ला अधिकारी दशरत राईले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस