दाङ- दाङको बंगलाचुली गाउँपालिकाले पालिका क्षेत्रका रहेको चुनढुङगा खानी उत्खननमा रोक लगाएको छ । सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमति कार्यान्वय ननगरेको भन्दै बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको जनाएको छ । जिल्लामा रहेका तीन सिमेन्ट उद्योगले यस क्षेत्रको चुनढुगा उत्खनन गरि प्रयोग गर्दै आएका थिए ।
उद्योगले पालिका संग गरेका सम्झौताहरु कार्यान्वयन नगरेकोहुदा खानी उत्खनन् बन्द गर्नु परेको पालिका अध्यक्ष भक्त बहादुर वलीले बताए । उनले पालिका र उद्योग संगको सम्झौता कार्यान्वयन नहुदा सम्ममा खानी सञ्चालन नहुने बताए ।
तीन वटा उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेपछि पालिकाले खानी बन्द गरेसँगै त्यहाँबाट चुनढुंगा ओसार्नेको काम पनि ठप्प भएको छ । पालिको यो निर्णबाट उद्योगको उत्पादनमा समेत असर पर्ने उद्योगहरुले बताएका छन । करिब ४ सय टिप्पर उत्खनन बन्द हुदा काम विहीन भएका छन ।
बंगलाचुलीगाउँपालिकामा रहेकाआआफ्ना खानीबाट चुनढुंगा ल्याएर घोराही, अग्नि र सम्राट सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दे आएका थिए । पालिकाले खानीबन्द गरेर चुनढुंगा ओसार्न रोक लगाएपछि कच्चापदार्थ नभएर एक हप्तादेखि उद्योग बन्दभएको घोराही सिमेन्ट उद्योगले जनाएको छ । उद्योगले आफूहरुसँग गरेको सहमती पूरा नगर्दासम्म खानी सञ्चाल नगर्नै नदिने निर्णय कार्यपालिका बैठकले गरेको बंगलाचुलीगाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए ।
चुनढुंगा खानी रहेको क्षेत्रदेखि घोराहीसम्मको करिब ३० किलोमिटर सडक कालोपत्रे भएको एक महिना नहुँदै कालोपत्रे उप्किएर सडक धुलाम्यहुन थालेपछि पालिकाले खानी नै बन्दगरिको दिएर टिप्पर सञ्चालनमा रोक लगाएको हो । त्यसयता सडक कालोपत्रे गर्ने जिम्मालिएका निर्माण व्यवसायी, घोराही सिमेन्ट उद्योगले अझैसम्म पनिकाम सुरु नगरेको गाउँपालिकाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस