काठमाडौँ – नेपालपछि नेपाली फेस्टिभलमा उत्तिकै मनाइनेमध्येको एक सहर हो सिड्नी । अस्ट्रेलियामा रहेको सिड्नीमा प्रायः नेपाली फेस्टिभलमा नेपालीहरूले सेलिब्रेट गर्ने गर्छन् ।
तर, विगत दुई वर्षयता कोरोना भाइरसको महामारीका कारण फेस्टिभल भइरहेका थिएनन् । भएका फेस्टिभल पनि सामान्य थिए । तर, कोरोना भाइरसको असर कम भएसँगै पुनः कार्यक्रम हुन थालेका छन् । होलीलाई लक्षित गर्दै १९ मार्चमा सिड्नीमा दुईवटा कार्यक्रम हुँदैछन् ।
विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको फन्टास्टिक इभेन्ट्सले सिड्नीमा ‘सिड्नी होली मेला २०२२’ आयोजना गर्दैछ । १९ मार्चमा हुने कार्यक्रमलाई होल्ड्रेड गार्डेन्स, मेरिल्यान्डसमा आयोजना गरिँदैछ । ‘सिड्नी होली मेला’ लाई संगीत, रंग र फुडको जमघटको रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमका लागि कलाकार प्रमोद खरेल, सुशान्त खत्री, अल्मोडा राना उप्रेती र दिनेश काफ्लेलगायत सहभागी हुँदैछन् ।
१९ मार्चमै कमेरो इभेन्ट्स र रकडेल ब्वाइजको आयोजनामा सिड्नीको ग्रयानभिल पार्क मेरिल्यान्डमा ‘सिड्नी होली फेस्टिभल’ हँुदैछ । होली कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रका परिचित अनुहारहरू कालीप्रसाद बास्कोटा, प्रकाश सपुत, ओशिन सिटौला, सुशान्त ठुले र डिजे नटकेसलगायतका कालाकर्मीले प्रस्तुति दिने छन् । कोरोना भाइरसको महामारीका कारण दुई वर्षको अन्तरालमा हुने कार्यक्रममार्फत सिड्नीवासी नेपालीले मनोरञ्जन पाउने विश्वास आयोजकको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस