मुगु- मुगुमा आगमी शनिवारदेखि एक हप्तासम्म विद्युत बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाड जलविद्युत आयोजनाको बालैमा रहेको इन्टेकमा समस्या भएको हुँदा मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँमा १२ चैत विहान ८ बजेदेखि १९ चैतसम्म विद्युत सेवा अवरुद्ध हुने भएकाे छ ।
नेपाल विद्युत प्राधिकरण गमगाड वितरण केन्द्र मुगुका प्रमुख दिनेश पौड्यालले यसबाट पर्ने असुविधाप्रति प्राधिकरण क्षमा चाहने बताए ।
यहाँका ग्राहकले यसअघि पनि पटक पटक विद्युत सेवामा समस्या झैल्दै आइरहेका छन् । मेसिनले राम्राे काम नगर्नु कहिले पानीकाे मुहानमा समस्या देखिनु जस्ता पीडा भोग्दै आइरहेका छन् । यस्तो सास्ती खेपिरहदा यहाँका राजनितिक दल, स्थानीय तहलगायत निकायले पहलकदमी नरहेको स्थानीयकाे आराेप छ ।
जिल्लाका करिब १० हजार घरधुरीलाई लक्षित गरी गमगाढ साना जलविद्युत आयोजना स्थापना भएकाे हाे ।
सदरमुकाम गमगढी बजारसहित अन्य बस्तीमा विद्युत सेवा समस्या आइरहदा मोबाइल चार्ज गर्न समेत समस्या हुने गरेकाे हुम्लाको सर्केगाड गाउपालिका-१ का नरजंग बमले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस