पोखरा- पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीन महिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमा समेत सास्ती भएको छ । श्रम ऐन र पुराना सहमतिअनुसारको सेवासुविधा माग गर्दै अस्पतालका कर्मचारीले गत २० पुसमा प्रशासन भवनमा तालाबन्दी गरिदिए । लामो समय माग सुनुवाइ नभएको भन्दै दुईवटा डीनको कार्यकक्षमा पनि ताला लगाए । अझै कर्मचारीको माग सुनुवाइ भएको छैन ।
कर्मचारीको आन्दोलनले प्रशासनदेखि उपचारमा समेत समस्या सुरु भएको छ । उपचार कक्षमा तालाबन्दी नगरे पनि कर्मचारी व्यवस्थापन र सामाग्री खरिदमा समस्या भएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले २०७४ सालमा कर्मचारी युनियनसँग गरेको ७ बुँदे सम्झौताअनुसारका सेवासुविधा दिनुपर्ने कर्मचारीहरूको माग छ ।
कर्मचारी अमृत पौडेलले आफ्ना मागहरु नयाँ नभएको र सहमति कार्यान्वयनलाई मात्र अघि सारिएको बताए । ‘यी कुनै पनि माग नयाँ होइनन् । अस्पताल प्रशासन र कर्मचारी युनियन बीच भएको सहमति कार्यान्वयनको माग हो,’ उनले भने, ‘धेरै पटक घच्घच्यायौं । अस्पतालले सुन्दै सुनेन । बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।’
कर्मचारीलाई सुत्केरी बिदा, चार्डपर्व र किरिया बिदा दिनुपर्ने उनीहरूको माग छ । मणिपालमा सधैँजसो कर्मचारी र व्यवस्थापन पक्षको मनमुटाव बाहिरिन्छ । कहिले तलब वृद्धिको मागमा आन्दोलन हुन्छ भने कहिले सहमति कार्यान्वयनको दबाबका लागि । मणिपाल २०५९ सालमा खुलेको हो । आफ्ना मागबारे कर्मचारी युनियनले श्रम तथा रोजगार कार्यालय पोखरामा निवेदन दिएका थिए । श्रम कार्यालयले उपदान लगायतका सुविधा तत्कालै लागू गर्न निर्देशनात्मक पत्र दियो । तर, अस्पतालले त्यसलाई थन्क्याएर राखेको कर्मचारीको आरोप छ ।
‘नेपालको ऐनअनुसार खुलेको कम्पनीले नेपालकै श्रम ऐन मान्दैन । सरकारी निकायले दिएका निर्देशन पनि टेर्दैन,’ युनियनका अध्यक्ष जीवनबहादुर थापा भन्छन्, ‘ऐन नियम मान्दिनँ भन्ने अस्पतालमाथी सरकार किन चुप छ ?’
यसबाहेकका माग पनि कर्मचारीले अघि सारेका छन् । यसअघि गरिएको कोरोना बिमाको रकम पाउनुपर्ने, चाडपर्वमा खटाएका कर्मचारीलाई छुट्टै तलब सुविधा दिइनुपर्ने लगायत माग राखेका छन् । केही कर्मचारी कोभिड संक्रमणमा परेको र उनीहरूको बिमा गरिएको भए पनि अस्पतालले आफैँले बिमा रकम लुकाएको उनीहरूको आरोप छ । माग सुनुवाइ नभए केही दिनमै उपचार कक्षमा समेत तालाबन्दी गर्ने उनीहरूले चेतावनी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस