काठमाडौँ- बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ । यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको बताइएको छ । त्यस्तै १० किलोमिटरसम्म रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ ।
यस्तै ट्याक्सीमा सुरुको न्यूनतम रु ५० र प्रति मिटरको भाडा रु १० कायम गरिएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा रु १३ कायम गरिएको छ ।
पछिल्लोपटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने बताइएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार भाडादर समायोजन गरिएको हो । भाडा समायोजनसँगै नयाँ आर्थिक वर्षमा सार्वजनिक यातायातमा नगदरहित गराउनका लागि कार्डको प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस