म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं ७ स्थित प्यारी बाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारी बाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाइ लम्ब्याउन साइकल मार्ग पहिचान गरेर पूर्वाधार निर्माण र प्रचारप्रसारमा जुटेको बताए ।
नयाँ वर्षको अवसरमा पोखरा साइकल सिटीका १४ जनाको टोली साइकल चढेर घोडेपानी पुगेका थिए । गुराँसको जङ्गल भित्र साइकल चढेर प्यारीबाराही ताल पुगेका सिटीका सहसचिव धर्मसिंह लामिछाने नेतृत्वको टोली पुन हिल घुमेर कास्कीको उल्लेरी हुँदै पोखरा फर्किएका छन् । पहाडको टाकुरामा रहेको घोडेपानी पुनहिल घुम्न साइकल चढेर जान सकिने लामिछानेले बताए ।
‘गुराँसको जङ्गलभित्र पृष्ठभूमिमा हिमाल हेर्दै साइकलमा यात्रा गर्न पाउनु यहाँको आकर्षण हो’, उनले भने, ‘स्वास्थ्यका लागि लाभदायक साइकल यात्रा घोडेपानी क्षेत्रको पर्यटन विकासको माध्यम पनि बन्न सक्ने देखियो ।’ स्थानीय होटल व्यवसायीले पर्यटकलाई साइकल भाडामा दिएर घुम्ने व्यवस्था मिलाउन सक्ने लामिछानेको सुझाव छ । गत वर्ष प्रदेश सरकारको रु बीस लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने तीन÷तीन किलोमिटर दूरीको डेढ मिटर चौडाइ भएको घोडा र साइकल मार्ग निर्माण भएको थियो ।
गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेलासमेत बनाइएको उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले बताए । ‘लालीगुराँसको घना जङ्गलको बीचमा समथर चौर भएको कालीसार भन्ने ठाउँमा चरा अवलोकन स्थल बनाइएको छ’ उनले भने, ‘गुराँसे जङ्गलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण शृङ्खलाका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।’
यसैगरी भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ । घोडेपानी र प्यारी बाराही क्षेत्रमा ठूलो गुराँसको जङ्गल छ । जङ्गलमा डाँफे, कालिज, मृग, चितुवा, घोरललगायत वन्यजन्तुको बसोबास छ । जैविक विविधताका हिसाबले पनि यो पदमार्ग आकर्षक छ । घोडेपानीबाट पर्यटक घोडा र साइकल दुवै चढेर प्यारी बाराही ताल जान तथा आउन सक्ने भएका छन् । जङ्गलको बीचमा रहेको प्यारी बाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना छ । तालमा हिमालको छायाँ देखिन्छ ।
जनैपूर्णिमा पर्वमा यहाँ पूजाआजा गरेमा मनोकाङ्क्षी पूरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ । करिब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ । तालमा खस्ने पात एउटा चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस