रौतहट- रौतहटमा गएराति दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको मध्यभाग देवाहीगोनाही नगरपालिका ४ स्थित पटेलचौक र इमलियाटोलबीच सडकखण्डमा आइतबार राति १० बजे दुई मोटरसाइकल जुध्दा बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ४ का २२ बर्षीय कमोद यादवको मृत्यु भएको हो ।
मौलापुर बाट जयनगरतर्फ जाँदैगरेको बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३९ एफ ५००३ नम्बरको मोटरसाइकल उक्त स्थानमा जुधेको थियो ।
ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले दुर्घटनामा परेर अचेत भएका यादवलाई उपचारको लागि गरुडास्थित अस्पतालमा पठाउँदा चिकित्सकले मृत घोषणा गरेको बताएका थिए । मृतक यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।
इन्स्पेक्टर लम्सालले दुर्घटनामा समान्य घाइते भएका भारत बिहारका १६ बर्षीय विकास यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विकासलाई नियन्त्रण लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका थिए ।
अर्को मोटरसाइकल चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको दुई वटै मोटरसाइकल नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस