बैतडी- जिल्ला प्रशासन कार्यालयमा पहिलोपटक विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । सेवाग्राहीलाई सेवा लिन सहज होस् भनेर आइतबारदेखि विद्युतीय टोकन प्रणाली सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार प्रशासन कार्यालयमार्फत प्रदान हुने सेवालाई सहज रुपले प्रदान गर्नका लागि विद्युतीय टोकनको व्यवस्था गरिएको र टोकनका आधारमा सेवा दिने कार्य सुरु भएको हो ।
टोकन प्रणालीका आधारमा जसले नाम दर्ता अगाडि गराएको छ उसले अगाडि सेवा पाउने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । प्रशासन कार्यालयका सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । उनले भने, “सबैलाई समान किसिमले सेवा दिने वातावरण मिलाउन र सेवालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो कार्य सुरु गरेका हौँ ।”
जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र लिन, नागरिकताको प्रतिलिपि लिन, राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न, राहदानी बनाउन, नाबालिग परिचयपत्र बनाउनेलगायत अन्य सेवा लिन आउने सबैलाई टोकन प्रणालीका आधारमा सेवा दिने कार्य सुरु भएको हो ।
टोकन प्रणालीले लाइनमा उभिनुपर्ने झन्झट हटेर सेवाग्राहीलाई सजिलो भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा हाल दैनिक १५० जनाले सेवा लिने गरेका सूचना अधिकारी भारतीको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस