काठमाडौँ-सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् ।
लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरुको नीजि जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईँहरुमाथि ठुलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जवाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईंले इमानदारीपुर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईंको पछि लाग्नेछ ।’
इन्जिनियरले पैसा नखाइ कलम नै चलाउदैनन् भन्ने सुनिएको भन्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गर्दै भने, ‘जनतालाई पिर पर्ने काम नगर्नुस् । मन दुख्ने भाषा नबोल्नुस् । तपाईँ जहाँ जानुहुन्छ त्यहाँ रहेका आफु मुनिका कर्मचारीलाई पनि नहेप्नुस् । नथर्काउनुस् । राम्रो संस्कार देखाउनुस् । मेहनतमा विश्वास गर्नुस् । मेहनतले नै तपाईंहरु सचिव बन्न सक्नुहुनेछ ।’
ठुला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र पोष्टिङ भएकै ठाउँमा गएर काममा खटिन समेत मन्त्री चौधरीले निर्देशन दिएका छन् ।
इन्जिनियरिङ सेवा सिभिल समुह अन्तर्गत विल्डिङ र आर्किटेक तर्फ ४१ र जनरल उपसमुहतर्फ १८ जना इन्जिनियरहरुलाई मन्त्रालयका सचव डा. रमेशप्रसाद सिंहले सपथ खुवाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस