आगामी मंसिर ४ गतेको निर्वाचनका लागि पार्टीहरु उम्मेद्वार तय गर्न घनिभूत छलफलमा जुटेका छन् । पाँच दलीय सत्ता गठबन्धनले सीट बाँडफाँड करिव करिव टुङ्याएको बताएपनि यो समाचार तय गर्दासम्म अौपचारिक घोषणा भएको छैन ।
यसैबीच पाँचथर जिल्लाको प्रतिनिधीसभा काँग्रेसको भागमा परेसँगै प्रदेश सभा क-कस्को भागमा पर्ने हो भन्ने चासो सबैको रहेको छ । प्रदेश सभा ख गत २०७४ को निर्वाचनमा माओबादीका ईन्द्रबहादुर आङ्वो मौसमले ५ हजार भन्दा बढी मतले काँग्रेसका उम्मेदवारलाई हराई करिव ४ बर्ष प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेर बिकासप्रेमी नेताको पहिचान बनाएकाले उनले नै टिकट पाउने निश्चित छ ।
मौसमलाई भावी मुख्य मन्त्रीको रुपमा समेत हेरिदै छ । उता प्रदेश क कस्को भागमा पर्ने र कस्ले टिकट पाए जित सहज हुने चर्चा परिचर्चा समेत हुन थालेको छ । काँग्रेसले प्रतिनिधि सभामा टिकट पाएकोले सो क्षेत्र स्थानीय सहमति नभएको खण्डमा नपाउनेमा नीतिगत निर्णय भैसकेकोले अब माओबादी,एकीकृत समाजबादी र जनता समाजबादी मध्ये बाट उम्मेदवारको खोजी हुनथालेको छ |
को को छन सम्भावित नाम ?
प्रदेश ‘क’ मा माओबादी र एकीकृत समाजबादीका बीचमा जोडदार दाबी रहेको छ र काँग्रेसमा पनि नेता ब्यबस्थापनका लागि प्रदेश ‘क’ चाहिएको बुझिन्छ । गत स्थानीय निर्वाचनमा कतै एमाले र कतै सत्ता गठबन्धनसँग तालमेल गरेको जनता समाजबादी पार्टीको पनि झिनो दाबी रहेको बुझिन्छ |
माओबादी प्रभाब क्षेत्रका रुपमा रहेको प्रदेश ‘क’ मा २०७४ को निर्वाचनमा तात्कालिन एमाले गणेश काम्वाङले करिब ५ हजार मतान्तर मै काग्रेसका उम्मेदवारलाई जितेका थिए । पार्टी बिभाजनपछि काम्वाङ् नेकपा (एकीकृत समाजबादी) तर्फ लागेकाले एकीकृत समाजबादीले नै पाउनु पर्ने दाबी गर्दैछन ।
माओबादीका तर्फबाट प्रदेश अध्यक्ष तथा अर्थमन्त्री जनार्दन शर्माका पूर्व स्वकिय सचिब हर्कबहादुर नेम्वाङ् मिक्सो र हालकि समानुपातिक सांसद उद्योग,बन तथा वातावरण संसदीय समितिका सभापति सीता थेवे ‘प्रमिला’ सशक्त उम्मेदवारका रुपमा देखिएका छन भने एकीकृत समाजबादीका तर्फबाट कमल जवेगुको चर्चा छ ।
एमालेबाट जिल्ला अध्यक्ष राजकुमार भण्डारीको टिकट निश्चित भैसकेको अवस्थामा सत्ता गठबन्धनबाट पार्टीको भागबण्डामा भन्दा पनि प्रभावशाली ब्यक्तिलाई टिकट दिनुपर्ने मत देखिएको छ ।
माओबादीबाट बिद्रोह गरि एमालेमा प्रबेश गरेका श्री जवेगुका कारण पनि माओबादीका जनतामा प्रभावशाली नेता हर्क नेम्वाङ् मिक्सोले टिकट पाउनु पर्ने मत रहेको छ ।
एकपटक प्रदेश सभा सदस्य भई सकेकी सीता थेवेलाई समानुपातिक तर्फबाट प्रतिनिधि सभामा पठाएर मिक्सोलाई प्रदेश सभामा प्रवेश गराईनु पर्नेमा माओबादी कार्यकर्ताहरुको मत रहेको छ ।
स्मरणीय छ- सीता थेवे पहिलो संविधानसभामा सदस्य भैसकेकी थिईन् ! यसैबीच केन्द्रमा सीट बाडफाँडमा प्रदेश ‘क’ नेकपा ( एकीकृत समाजबादी) को भागमा परेको र कमल जबेगु नै प्रदेश सभा सदस्यको उम्मेद्वार हुने एकीकृत समाजबादीको उच्च श्रोतले दाबी गरेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस