गुल्मी -आफुलाई नेपाली काँग्रेसका युवा नेता भन्ने धनेन्द्र कार्कीले धेरैको विल्लिबाँठ पारेको समाचार प्राप्त भएको छ । कसैलाई जग्गा दिन्छु, कसैलाई श्री डिस्टिलरीमा उद्योगमा शेयर र डिलरसिप दिन्छु भन्दै डिस्टिलरीको खातामा पैसा जम्मा गर्न लगाउने तर न जग्गा दिने नत शेयर एवं डिलरसिप नै दिने गरेका छन् ।
जग्गा र डिलरसिपको रकम माग्न जाँदा गुण्डा लगाएर धम्क्याउने गरेको पनि पीडितहरुको गुनासो छ । कतिपयको जग्गामा व्यवसायिक खेती गर्ने भन्दै लिजमा लिएर हजम पार्ने र जग्गा बेच्दा नक्कली कित्ता नम्बर भिडाउने जस्ता कार्य पनि कार्कीले गर्दैं आएका छन् ।
अरुको सम्पत्ति आफ्नो पार्न जुनसुकै कर्तुत गर्ने र सम्पत्ति हात पारिसकेपछि धाक धम्की दिन पछि नपर्ने कार्कींको शैलीले आफन्त, नातागोता मात्र नभए काँग्रेसका धेरै कार्यकता एवं केही धनाढय व्यक्तिहरुको पीडित भएका छन् ।
हाम्रो कार्यालयमा केही पीडितले प्रमाणहरु समेत छाड्दै कार्कीलाई कारवाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पनि लिखित उजुरी बुझाएको जानकारी गराएका छन् । यस्तै प्रहरीको अन्य निकायमा पनि उनीविरुद्ध दर्जन बढी उजुरी परेका छन् । कार्कीले २०७४ सालमा अकुत रकम पेलेर गुल्मी क्षेत्र नम्बर एकबाट नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वारी पनि पाएका थिए । तर उनी नेकपा एमालेका उम्मेद्वार कमल श्रेष्ठसंग पराजित भएका थिए ।
हाल कीर्तिपुरको ट्याङ्लाफाँटामा बस्दै आएका कार्कीको रहनसहन देख्ने जोकोहीले पनि निकै हैसियतदार भएको अनुमान गर्न गाहो पर्दैन । यसपटक पनि प्रदेश सभाको टिकटको लागि लागिपरेका कार्कीले अष्टवक्रिय संगठित प्रकृतिको गिरोह खडा गरी सम्पत्ति शुद्धीकरण विभागदेखि लिएर सबै सरकारी निकायको आँखामा छारो हाल्दै आएका छन् । उनले राजश्व छल्न आफु र आफ्नो परिवारले चढ्ने गाडी समेत अर्काको नाममा दर्ता गराएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस