काठमाडौं -‘पोस्ट फर प्लानेट’भन्ने नाराका साथ १४८ औं विश्व हुलाक सेवा दिवस नेपालमा जिल्ला स्तर र केन्द्रम समेत बिबिध कार्यक्रम गरि मनाईएको छ ।
उक्त अवसरमा आइतबार हुलाक सेवा विभागले हुलाक सेवाको सान्दर्भिकता विषयमा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा विभागले उत्कृष्ट तीन कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा श्रीप्रसाद खनाल, रामप्रसाद गैंडा र मनोज नगरकोटी रहेका छन ।
आइतबार राजधानीमा आयोजित अन्तर्कृयामा सन्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा .बैकुण्ठ अर्यालले बदलिँदो परिवेश अनुसार विभागले आफ्नो सेवालाई थप परिस्कृत , प्रतिस्पर्धी र व्यवसायीक ब्ननाउनु पर्ने बताए । उनले हुलाक सेवाको विकास र विस्तारको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
पछिल्लो समय सूचना र प्रविधीले फड्को मारिरहेको अवस्थामा हुलाकमार्फत हुने गतिविधीमा कमि आएको छ। तर विभागकी महानिर्देशक इन्दु घिमिरेले भने अझै पनि हुलाकको महत्त्वमा कमि नआएको जिकिर गरिन् ।
सोहि कार्यक्रममा विभागले आइतबार देखिनै वितरण हुने गरि पाँच र दस मूल्यका हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेको छ । चर्चामा रहेका हिम टाकुरा, प्रसिद्ध धार्मिक स्थल तथा लोपोन्मुख औषधीय वनस्पतिलाई समेटेर १३ वटा टिकटमा टाँचा लगाई सार्वजनिक गरिएको हो ।
हुलाक सेवा विभागमा आयोजित उक्त कार्यक्रममा विभाग अन्तर्गतका विभिन्न ४ कार्यालयका प्रमुखहरुले आ आफ्ना कार्याल्यका समस्या र त्यसको समाधानका लागि सुझाव प्रस्तुत गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस