कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा शहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER) कार्यक्रम उपमहानगरपालिका भवनमा सम्पन्न भएको छ ।
शुक्रबार भएको टेबलटप कृत्रिम घटना अध्यासमा जिल्लाका संघसंस्था,सरकारी कार्यलयका प्रतिनिधि साथैं स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उदघाटन जिल्ला समन्वय कैलालीका प्रमुख पदम बहादुर कलेलले गर्नुभएको थियो । उहाँले (SUPER) परियोजनाले विपद व्यवस्थापनमा स्थानीय र सरोकारवालाहरुलाई विपद पूर्व तयारी अभ्यास गराउनुका साथैं सहयोग गरेको भन्दैं स्थानीय सरकारले आफू पनि विपत व्यवस्थापनमा सर्तक रहनुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले विपद व्यवस्थापनमा धनगढी उपमहानगरपालिकाले करिब साढे ३ करोड बजेट छुट्याएको जानकारी दिईन् । धनगढी उपमहानगरपालिका बडा नं ३ का अध्यक्ष राज बहादर रैरले मानिसले निम्त्याएका विपदलाई कम गर्न जोड दिदैं खोलानालाको संरक्षणमा बोटबिरुवा रोप्नुपर्नेमा जोड दिनुभयो ।
यूनडिपि कन्सल्टन्ट डा. सिर्जन मल्लले नेपालमा भूकम्पीय जोखिम,भविष्यमा हुन सक्ने क्षति र कसरी पूर्व तयारी गर्न सकिन्छ भन्ने बारे बताउनु भएको थियो । सुदुरपश्चिम (SUPER) प्रोजेक्ट प्रादेशिक टेक्निकल अफिसर प्रगती भटटराई, परियोजनाका नगर प्राविधिक अधिकृत बिराज पोख्रेलले कार्यक्रमका उद्देश्य र स्थानीय तवरबाट कसरी विपद न्यूनीकरण गर्न सकिन्छ, साथैं केन्द्र सरकारसंग कसरी समन्वय गर्नेबारेमा आफूहरुले छलफल गर्नुका साथै तालिमहरु गरिरहेको बताउनु भयो ।
धनगढी उपमहानगरपालिका, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा भएको सो अभ्यासमा नेपाली सेना,नेपाल प्रहरी, स्थानीय संघसंस्था, सरकारी निकायका प्रतिनिधि लगायत स्थानीयबासीको सहभागिता रहेको थियो । सो कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोगमा UNDP,UNICEF,UN WOMEN र NRCS ले संयुक्त रुपमा गर्दैं आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस