पाँचथर- जिल्लाको दक्षिणी भेक कुम्मायक गाउँपालिकामा बसोबास गरिरहेका मगर जातिहरु यस बर्ष सास्कृतिक रूपमा अघि बढेका छन ।
शुक्रवार आयोजित यासोक बजारको परिसर भित्र मगर जातिमा नाचिने हुर्रा नाच प्रदर्सन गरिएको थियो । भेषभुषा संस्कार सस्कृती कला र सीप हाम्रो गौरव , मगरात भुमिमा मगर स्वयात्त सरकार हाम्रो पहिचान लेखिएको ब्यानर राखेर सो नाच प्रस्तुत गरिएको थियो ।
मगर समुदायको सस्कार अनुसार तिहारे औसिको रातदेखी देउसी भैलो खेल्ने क्रमसङ्गै नाच सुरु भएर एकादशी तिथिको दिनमा उक्त नाच नाची बिधिवत रूपमा समापन हुने मगर संघ कुम्मायक गाउपालिका कार्य समिति अध्यक्ष असोक रानामगरले बताए ।
पाँच वटा वडा रहेको गाउपालिकामा १, २ र ५ नम्बरको वडामा जम्मा ९० घरधुरी भएको सो समुदायको टोटल जनसंख्या ४ सय ४५ जना रहेको सास्कृतिक कार्यक्रमका सचीव चन्द्रबहादुर समाल मगरले बताए ।
विविध जातजातिहरुको बसोबास रहेको यस क्षेत्रमा लिम्बू समुदायमा नाचिने धाननाच प्रचलित रूपमा भएको तर राई जातिहरुमा नाचिने साकेला मगरजातिमा नाचिने हुर्रा र क्षेत्री बाहुन जातिले नाच्ने सङ्गिनी वालन अनि तामाङ जातिको धेदुङ जस्ता विविध ऐतिहासिक र परम्परागत रूपमा नाचिदै आएका नाचहरु नयाँ पुस्ताले नाच्न छोडेको बिज्ञहरुको चिन्ता छ ।
स्थानीय सरकारले हरेक बर्ष हरेक जातजातिका कला सस्कृतिलाइ संरक्षण सम्बर्द्धन गर्न प्रेरित गरेको तर परम्परागत ऐतिहासिक आफ्ना कला सस्कृती सस्कारका पहिचानलाइ जगेर्ना गर्न स्वयं समुदाय अघि बढन नसकेको समाजसेवी तारानाथ सम्बाहाम्फेले बताए । यहाँनेर बसोबास गरिरहेका नेवार समुदायले आफ्नो कला सस्कृतिको त के कुरा मौलिक भाषा समेत बोल्न बिर्सन लागेको हो कि भन्ने डर भएको सम्बाहाम्फेको भनाइ थियो ।
शुक्रबार सम्पन्न भएको हुर्रा नाचलाई प्रोत्साहित गर्दै १ नम्बर वडा कार्यलयले रु ३ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरेको र बजारका विभिन्न ब्याबसायिहरुबाट पनि केही रकम हौसला स्वरुप सड्ढलन भएको नेपाल मगर संघ कुम्मायक गाउपालिका गाउकार्य समितिका कोषाध्यक्ष सरस्वती मगरले बताइन ।
वडाको विभिन्न टोलको धुप्पिङ, ढाडे, भुल्के यासोक बजारको आसपासमा छरिएर बसोबास गर्दै आएका मगरजातिहरुको मुख्य पेशा कृषिनै भएपनि उनिहरुको आर्थिक तथा शैक्षिक अवस्था कम्जोर रहेको पाइन्छ । कार्यक्रममा १ नम्बर वडाका वडाअध्यक्ष देवेन्द्र लावती समाजसेवी तारानाथ सम्बाहाम्फे साथै सन्चारकर्मी र विभिन्न पेशा ब्यवसायिहरुको उपस्थिति रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस