मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको सुरुमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । काम बिगार्नेको सक्रियता रहनेछ । सोमबारबाट चिताएको कामले तीव्रता लिनेछ । समाजसेवामा मन लाग्नेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता अधिक मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो सातामा सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो सातामा बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । बन्धु बान्धव बाट सहयोग पनि मिल्ला । साताको अन्त्यमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग खैरो वा आकाशे रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यप्रति र बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग ध्वाँसे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा कार्य गर्नु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो सातामा गरेको काममा उल्टो परिणाम आइनपर्ला । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । मध्य साताबाट लामो समयदेखि रोकिएको कामबाट राम्रो रहला । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सिन्दुरे वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साताको सुरुका दिनमा लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नयाँ कार्यको योजना बन्नेछ । व्यापार व्यवसायमा सफलता पाइनेछ । शुभारम्भको चर्चा पनि चल्नेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग निलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता राजनैतिक र सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनसक्छ । यो धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शैक्षिक क्षेत्र पनि राम्रै रहनेछ । साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता नजिकको मित्रसँग भेटघाट हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समाजबाट सहयोग मिल्ने देखिन्छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउनेछन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा निलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता मध्यम नै रहने छ, साताको सुरुका दिनमा मनमा निराशा र शरीरमा आलस्य आउला र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । मध्य साताबाट भने प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको योजना र चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग खरानी हो । शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो सातमा दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथीभाइ र आफन्तबाट सहयोग प्राप्त हुनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको योजना बन्नेछ । बुधबारबाट दैनिकी कार्यमा भने समस्या र अवरोध आउनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग पर्पल वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता राजनैतिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस