बैतडी- जयपृथ्वी राजमार्गमा खसेको पहिराले बैतडीको एक बस्ती नै उच्च जोखिममा परेको छ । बैतडी सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा खसेको पहिराले सडक तलतिर रहेको छिडा बस्ती उच्च जोखिममा परेको हो ।
सडकबाट खसेको पहिराले १० भन्दा बढी घर जोखिममा रहेको स्थानीय दीपक कुवँरले जानकारी दिए । लगातार सडकबाट पहिरो खस्दा स्थानीयवासीको मकैबारी बगाएको छ भने घरहरू उच्च जोखिममा रहेका छन् । उनले भने, “लगातारको वर्षासँगै सडकबाट खसेको पहिराले मकैबालीसहित खेत बगाएको छ । हाम्रो उठीवास हुने अवस्था आएको छ ।”
पहिरोले अहिलेसम्म खेतबारीमा नोक्सानी पुर्याइसकेको छ भने बस्ती नै जोखिममा परेपछि स्थानीयवासी त्रसित बनेका छन् । सडक सुधारका लागि नयाँ कटिङ गरेको सबै माटो बगेर खेतबारीमा पुगेको हो । “पहिराले हाम्रो बस्ती नै जोखिममा परेको छ । पहिराबाट हुने क्षति कम गर्नका लागि सरकारसँग माग गरेका भए पनि कुनै सुनुवाइ हुन सकेको छैन”, अर्का स्थानीय चक्र कुवँरले भने ।
उनका अनुसार लगातारको वर्षाले लेदोसहितको पहिरो बगिरहने गरेको छ । घरहरू जोखिममा पर्नुका साथै बालबालिकालाई विद्यालय जान र ओहोरदोहोर गर्न समेत समस्या भएको छ ।
पहिरोले बस्ती नै जोखिममा रहेकोबारे जानकारी आएको भए पनि तत्काल केही गर्न नसकिने सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुवँरले बताए । उनले भने, “पहिरोले बस्ती जोखिममा रहेकोबारे जानकारी आएको छ, तत्काल
हामीले केही पनि गर्न सकिने अवस्था छैन । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर वर्षा कम भएपछि पहिरो नियन्त्रणका लागि आवश्यक संरचना निर्माण गर्छौ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस