मङ्सिर ८ गते शुक्रबार रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा रहेको विश्वामित्र गुफामा गायत्रीमन्त्र जप र होम गरिएको छ ।गायत्रीमन्त्र उद्गम भएको दिन कार्तिक शुल्क द्वादशीका दिन पारेर सो मन्त्र प्रादुर्भाव भएको विश्वास गरिने विश्वामित्र गुफामा जप र यज्ञ सम्पन्न गरिएको हो ।
खाँडादेवी गाउँपालिकाको सहयोग र पतञ्जलि योग समिति रामेछापको आयोजनामा कार्यक्रम भएको हो । पतञ्जलि योग समिति रामेछापका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षता तथा खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।विश्वामित्र गुफामा विश्वामित्र ऋषिले गायत्रीदेवीको तपस्या गरी कार्तिक शुल्क द्वादशीको दिन गायत्रीदेवीबाट गायत्रीमन्त्र प्राप्त गर्नुभएको विश्वास गरिन्छ । विश्वामित्रले तपस्या गरेको गुफा आदिर्लिङ्गेश्व कुशेश्वर मन्दिरको पारी सुनकोसी नदी तटमा रहेको छ ।कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो गाउँपालिकामा भएका सो विश्व सम्पदाको संरक्षण गरी पर्यटन प्रवर्धनको लागि काम गर्ने बताउनुभयो । यसले गाउँपालिकामा आर्थिक विकास आधार बन्ने उहाँको भनाइ छ ।
पतञ्जलि योग समितिकी साधवी देवकृपाले गायत्रीमन्त्र मन्त्रको पनि महामन्त्र भएको बताउनुभयो । विगतमा गायत्रीमन्त्र महिलाले पढ्नु हुँदैन भनि सङ्कुचित गर्ने काम गरिएको उहाँको भनाई । गायत्री महामन्त्र महिलाले पढ्नु र सुन्नु हुँदैन भन्ने कुरा शास्त्रमा कतै नलेखेको उहाँले प्रष्ट पार्नुभयोगायत्री मन्त्रलाई सङ्कीर्ण बनाउनेले गायत्री मन्त्रको प्रादुर्भाव भएको विश्वामित्र गुफालाई पनि प्रचार नगरी सङ्कीर्ण बनाएको उहाँको भनाई छ । त्यसैले यसको विश्वभरि प्रचार आवश्यक रहेको उहाँले बताउनुभयो ।
साधक कृष्णप्रसाद खनालले नेपालमा थुप्रै पर्यटकीय स्थल र तीर्थस्थल भएकाले तीर्थ खोज्न अन्त नभौँतारिन सुझाव दिनुभयो । विश्वामित्र गुफा र कुशेश्वर महादेवको महिमा बारे चर्चा गर्दै खनालले एक पटक विश्वामित्र गुफामा आए गायत्रीमन्त्र उच्चारण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष जगन्नाथ दाहालले विश्वामित्र गुफा विश्वको अभूतपूर्व स्थान भएको बताउनुभयो । गुफाको उचित प्रचार र संरक्षणमा सबै क्षेत्र लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्की, खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङ, खाँडादेवी गाउँपालिका १, २, ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, केशव प्रधान, पुष्करकुमार कार्की लगायतका जनप्रतिनिधि, गुफा संरक्षण समितिका अध्यक्ष रत्नकाजी श्रेष्ठ, साधक, साधवी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस