खनाल बिन्दु,काठमाडौं ।
काठमाडौ उपत्यकामा रहेका कुम्मायक गा.पा र फाल्गुनन्द वडा नं ६ र ७ निवासीहरुको सामाजिक संस्था यासोक-देउराली क्षेत्र सेवा समाज, काठमाडौंको आज मध्यबानेश्वरमा सम्पन्न साधारण सभा नेतृत्व दोश्रो पुस्तामा हस्तान्तरण गर्दै सम्पन्न भएको छ ।
पूर्व राज्यमन्त्री तथा संविधान सभा सदस्य एवं समाजका संस्थापक संरक्षक मा.डम्वरसिं सम्वाहाङ्फेको प्रमुख आथिथ्यता, संविधान सभा सदस्य मा.भीष्मराज आङ्देम्वेको बिशिष्ठ आतिथ्यता, एवं पूर्व राष्ट्रिय सभा सदस्य धना खतिवडा र संविधान सभाका सदस्यहरु मा. ध्रुव आङ्देम्वे र मा. अईन्द्रसुन्दर नेम्वाङ लगायतको आतिथ्यतामा सम्पन्न सभाको उदघाटन मा. सम्वाहाङफेले गर्नु भएको थियो ।सोही अवसरमा सगरमाथा आरोही द्वय सुशील शेर्मा र देउराली चाम्लिङ तथा बिद्यावारिधी गर्नु हुने प्रा. डा. ऋषिराम रिजाल,डा.देउमान सम्वाहाङ्फे,डा.गुरुप्रसाद पोखरेल,डा.लोचन रिजाल र डा. समीर खतिवडालाई सम्मान गरेको थियो ।
सो साधारणसभाले समाजको अध्यक्षमा पदम फेवादिन,उपाध्यक्षमा बिन्देश्वर खनाल र देविन्द्र चम्लागाई,सचिवमा दिनेश खतिवडा,सहसचिवमा गंगा रिजाल,कोषाध्यक्षमा भवानी निरौला,सहित १९ सदस्यीय कार्य समिति सर्वसम्मतिले निर्वाचित गरेको छ । बाँकी ४ जना सदस्यको कार्य समिति मनोनयन गरि २३ सदस्यीय कार्य समितिलाई पूर्णता दिईने छ निर्वाचन समितिले घोषणा गरेको छ । साधारणसभाले सागठनिक,आर्थिक प्रतिवेदन तथा बिधान संशोधन प्रस्ताव सर्वसम्मत र सौहार्दपूर्ण वातावारणमा पारित गरेको छ भने समितिको कोषमा ६ लाख वढी रकम मौज्दात रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस