काठमाडौं -मन्त्रालयहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका निर्देशनहरु पालना र कार्यान्वयन भए/नभएकोबारे जानकारी दिन आलटाल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ‘फलोअप’ गर्दा समेत निर्देशन कार्यान्वयनबारेको विवरण दिन अधिकांश मन्त्रालयहरुले अलमल गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार अहिलेसम्म खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मात्रै प्रधानमन्त्री कार्यालयमा निर्देशन कार्यान्वयनको अवस्थाबारे कार्यालयमा रिपोर्ट पठाएका छन् ।
प्रधानमन्त्रीले दिएका निर्देशनहरु अलपत्र परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कार्यान्वयनको अवस्थाबारे अनुगमन थालेको थियो । मन्त्रालयहरुले निर्देशन लत्याएर मनपरी ढंगले काम गरिरहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री कार्यालयले निर्देशनको अवस्थाबारे १५–१५ दिनमा रिपोर्टिङ गर्न भन्दै ताकेता गरिरहेपनि अधिकांश मन्त्रालयले रिपोर्ट नपाएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरु बताउँछन् ।
प्रधानमन्त्री प्रचण्डले १० पुसमा सरकारको एक वर्षको समीक्षा अघि र पछि सबैजसो मन्त्रालयका मन्त्री, सचिव र विभिन्न निकायका अधिकारीहरुसँग ब्रिफिङ लिँदै निर्देशनहरु दिएका थिए । प्रधानमन्त्रीले १२ पुसमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयसँग छलफल गरेर निर्देशन दिएका प्रधानमन्त्रीले १६ पुसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र २३ पुसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरेर निर्देशनहरु दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस