काठमाण्डौ – अंग्रेजी नयाँ वर्षलाई पूूँजीबजारले न्यानो स्वागत गरेको छ । नयाँ वर्षको पहिलो दिन तथा साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक २२.३४ अंकले बढी १४६५.७२ अंकको उचाईमा पुुगेको हो ।
गत साताको अन्तिम दुुई कारोबार दिनदेखि सुधारको बाटोमा हिँडेको बजारबाट आशावादी देखिएका लगानीकर्तामा उत्साह र जाँगर फर्किएको आइतबारको कारोबारले देखाएको छ । आइतबार बजारलाई गुल्जार बनाउन नेपाल टेलिकमको महत्वपूर्ण देन रह्यो ।
आइतबार अधिकांश समूहको सूचकमा हरियो पोतियो । बित्त समूह झिनो अंकले घट्यो भने उत्पादनमूलकमा ३९.८६ अंकको गिरावट देखियो ।वाणिज्य बैंक समूह २९.३४ अंकले उकालायो लाग्यो । होटल २५.६४, विकास बैंक २३.२१, जलविद्युत २६.१, बिमा २७.६७ र अन्य समूह ७.५२ अंकले बढे ।
क वर्गका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएका कारण सेन्सेटिभ इण्डेक्स ५.०८ अंकले बढ्यो भने फ्लोट इण्डेक्समा १.८८ अंकको बढोत्तरी देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा १ सय ३४ कम्पनीको कुल १३ लाख ७ हजार ६५ कित्ता सेयर ५७ करोड ३३ लाखमा किनबेच भयो ।वाणिज्य बैंकहरुले १९ करोड ६२ लाखको कारोबार गरे भने बिमा समूहले १६करोड २२ लाख, विकास बैंकहरुले ५ करोड ८६ लाख बढीको कारोबार गरे ।
कम्पनीगत हिसाबले फोरजी सेवा सुरु भएकै दिन नेपाल टेलिकमले बाजी मार्यो । यो कम्पनीको मात्रै ९ करोड ४२ लाख बराबरको सेयर कारोबार भयो । एफपीओ निश्कासनको अनुमति पाएको नेपाल लाइफ इन्स्योरेन्समा पनि लगानीकर्ताको आकर्षण देखियो । यो कम्पनीको कुल २ करोड ८५ लाखको सेयर कारोबार भयो ।
एभरेष्ट बैंकले २ करोड ८० लाखको, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ करोड २७ लाख, बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले १ करोड ८५ लाखको कारोबार गरे । आइतबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान बित्तीय कम्पनीहरुले, २ स्थान बिमा कम्पनीले, १ स्थान उत्पादनमूलक र १ स्थान अन्य समूहमा सूचिकृत कम्पनीले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
सुधारिएको बजारमा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, हाम्रो विकास बैंकले ८ प्रतिशतको हाराहारीमा र प्रिमियर इन्स्योरेन्सले ७ प्रतिशतको हाराहारीमा सेयर मूल्य बढाए ।
आइतबार सबैभन्दा बढी गुमाउनेमा गुड्विल फाइनान्स अगाडि देखियो । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो । बोटलर्स नेपाल तराई लिमीटेडका सेयरधनीले समेत ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस