सोल – अमेरिकामा नेपालीहरुले स्थापना गरि सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल सगूनले जारि गरेको मिनी आइपीओ मार्फत विश्वभरिका सर्वसाधारणहरुका लागि आफ्नो स्वामित्व शेयर गत फेब्रुअरी ९, २०१७ देखि विक्री गर्दै आइरहेको छ । हालसम्म विश्वका विभिन्न देशहरुबाट २२०० भन्दा बढी व्यक्तिहरुले २.१ मिलियन अमेरिकी डलर भन्दा बढि रकम लगानी गरिसकेका छन् ।
यसरी लगानी गर्ने देशहरुमा लगानीकर्ताको संख्याको आधारमा करिब ४० हजार नेपालीहरु रहेको मानिएको दक्षिण कोरिया दोश्रो स्थानमा रहेको जसमा सबै भन्दा बढी लगानी अमेरिकाबाट नै भएको छ भने तेश्रो स्थानमा अष्ट्रेलिया रहेको कुरा सगूनका संस्थापक गोविन्द गिरीले बताए ।
सगूनले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन (एस्इसी) बाट स्विकृती प्राप्त गरि आफ्नो स्वामित्व शेयर विक्री गर्न थालेको हो । स्टार्ट अप कम्पनीमा लगानी गर्ने यो अवसर पहिलो चरणमा नेपाली समुदायमा उपलब्ध गराउने गरि सगूनले व्यवस्था मिलाएको जनाएको छ ।
सगूनको आधिकारिक वेभ साइट (www.sagoon.com/invest) का अनुसार सगूनले हाल गर्दै आइरहेको स्वामित्व शेयर विक्री कार्यक्रम यहि मार्च २७, २०१७ देखि बन्द गर्दैछ । सगूनका लागि एशिया संयोजक के.पी सिटौलाका अनुसार १०० वर्ष भन्दा बढिको अनुभव रहेको अमेरिकाको Boustead Securities LLC नामको ब्रोकर कम्पनीले सगूनले हाल विक्री गरेर बाँकी रहेका शेयर विक्री गर्ने जिम्मा लिएको छ ।
सगूनले सर्वसाधारणहरुलाई शेयर विक्री गर्दै आइरहेको थियो भने ब्रोकर कम्पनीले संस्थागतरुपमा विक्री गर्ने कुरा सिटौलाले बताए । उनका अनुसार ब्रोकर कम्पनीले शेयर विक्री गर्न शुरु गरेपछि सर्वसाधारणहरुको निम्ती यो अवसर पुनः प्राप्त हुने सम्भावना अत्यन्तै न्यून रहेको छ ।
हालै मलेशियाको क्वालालम्पुरमा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएन)को पाँचौ एशिया क्षेत्रीय सम्मेलनमा समेत सगूनको प्रतिनिधित्व गरि फर्केका सिटौलाका अनुसार विश्वभरी छरिएर रहेका सबै एनआरएनहरु सगूनको अभियानमा सहभागि हुन इच्छुक पाएको बताए ।
उनका अनुसार अमेरिका , बेलायत, अष्ट्रेलिया लगायतका अन्य धेरै देशका एनआरएन राष्ट्रिय समन्वय समितिहरुले समेत सगूनको अभियानलाई आफ्ना देशमा रहेका गैर आवासीय नेपालीहरुमा जानकारी गराउने काममा सहयोग गरिरहेका छन् । यस सिलसिलामा द. कोरियाले पनि सबै नेपालीहरुमा यो सन्देश पु¥याउन सहयोग गरिरहेको छ ।
सोसीयल मिडिया लगायतका ठूला कम्पनीहरुले हिजोका दिनमा स्टार्ट अप कम्पनी हुंदाको अवस्थामा जोखिम मोलेर लगानी गर्ने आफ्ना लगानीकर्ताहरुलाई आफू सफल भएपछि ठूलो आर्थिक प्रतिफल दिन सकेका थुप्रै अपत्यारिला तर सत्य कथाहरु पढन पाइएको छ । सगूनले पनि आजका दिनमा थोरै जोखिम लिएर लगानी गर्ने लगानीकर्ताहरुलाई ठूलो आर्थिक प्रतिफल दिने दिशामा काम गरिरहेको छ ।
सगून सामाजिक सञ्जालकोरुपमा चिनिएको भएता पनि यसमा अन्य थप विशेषताहरु रहने कुरा सिटौलाले बताए । ‘सगून सामाजिक सञ्जाल हो तर यसमा सोसीयल इकमर्शको पनि सुविधा उपलब्ध हुनेछ ।
सगूनको मुख्य प्रोडक्टकोरुपमा सोसीयल स्मार्ट कार्ड आउदैछ । यसैको माध्यमबाट सगूनले आम्दानी गर्नेछ र हरेक प्रयोगकर्तालाई उसको कारणले सगूनलाई हुने आम्दानीको पाँच प्रतिशत सम्वन्धित प्रयोगकर्तालाई नै रिवार्ड गर्ने नयाँ योजना ल्याउँदै छ । साथै अबको दुई तीन महिना भित्र सगूनको एप पनि आउने सिटौलाले बताए ।
‘सगूनको सफलताले लगानीकर्तालाई आर्थिक सम्बृद्धि प्रदान गर्नुको साथै विश्वमा नेपाल र नेपालीलाई चिनाउने काममा समेत महत्वपूर्ण भूमिका खेल्नेछ । नेपाली जाती भनेको विदेशमा श्रम आपूर्ति गर्ने देशका जाती मात्र होइन विश्वलाई नयाँ विचार दिने, आइटीको क्षेत्रमा विश्वमा आफ्रनो स्थान कायम गराउन पनि सक्षम छन् भनेर चिनाउने अवसर पनि हो सगून ।
त्यसैले सबै नेपालीहरुले आफ्नो क्षमता र चाहना अनुसार सगूनमा लगानी गर्न सिटौलाले अनुरोध गरेका छन् । सगून स्टार्र्टअप कम्पनी भएकोले यसमा लगानी गर्नु जोखिम रहित छ भन्न सकिन्न । त्यसैले हौसियर भन्दा विवक पु¥याएर लगानी गर्नु पनि उनले आग्रह गरेका छन् ।
सगूनमा लगानी गर्ने सम्वन्धमा कुनै पनि प्रश्न वा जिज्ञासा वा सहयोग आवश्यक परेमा
१. सगूनको इन्भेस्टमेण्ट पेजमा २४ घण्टा लाइभ च्याट सेवा वा इमेलः mysagoon@sagoon.com
२. कोरियाका लागि संपर्क : के.पी सिटौला (एसिया संयोजक )
इमेलः kp4848@yahoo.com मोबाइल : ०१० -४७६७ – ५२४८
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस