काठमाडौं – असोज २५ गतेदेखि १ अर्ब २० करोडको सिद्धार्थ इक्विटी फण्ड निष्कासन हुने भएकाे छ । यो योजनाको बिक्री चाँडोमा असोज २९ गतेसम्म र ढिलोमा कात्तिक ८ गतेसम्म रहने छ । प्रतिइकाइ १० रुपैयाँ रहेको यो योजनामा प्रतिव्यक्ति २४ लाख इकाइसम्म लगानी गर्न सकिनेछ । योजनाको न्युनत्तम १ सय इकाइ सम्म खरिद गर्न सकिने छ ।
बन्द मुखी योजनाको अवधि १० वर्षको रहेको छ । योजना बिक्री भएपछि नेप्सेमा पनि सूचीकरण हुने भएकोले १० वर्ष अगावै पनि बजारमा इकाइ कारोबार गर्न सकिनेछ ।
सिद्धार्थ बैंकको प्रवद्र्धन र सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा अाउन लागेकाे याे तेस्राे सामूहिक लगानी कोषको योजना हाे ।
योजनामार्फत उठेको रकममध्ये बैंक खातामा १० प्रतिशत र बाँकी सेयरमा लगानी गर्ने रहेको छ । सेयरमा गरिने लगानीमा भने उदेश्य अनुसार हिस्सा बर्गिकरण गरिएको छ । नियमित कारोबार, लाभांश प्रयोजन, सार्वजनिक निष्कासन लगायतको बर्गिकरण गरिएको हो ।
यो योजनामा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल वा आस्वा प्रणाली लागु भएका सबै संस्थाहरुबाट पनि आवदेन दिन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस