काठमाडौं – सेयरबजारमा सामान्य सुधार आएपनि कारोबार रकममा भने ह्रास आएको छ । कारोबारमा आएका अधिकास समूहको सूचक बढेपछि बजार बढेको हो । बुधबार नेप्से सूचक १.६९ अंकले बढेर १३९४.७३ बिन्दुमा उक्लिएको छ ।
कारोबारमा आएका वित्त, उत्पादन र माइक्रोफाइनान्स समूह बाहेकका सबै सूचक सकारात्मक रहेका छन् ।
नेप्सेमा कारोबार भएका १० वटा समूहमध्ये ३ वटाबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचक १६.१३ अंकले बढेको छ । यसैगरी, होटेल समूह १४.७७ अंक र विकास बैंक समूहमा ७.८२ अंकको वृद्धि देखिएको छ ।
कारोबार रकममा नेपाल फाइनान्सको संस्थापक सेयरले अग्रता लिएको छ । यस कम्पनीको ३ करोड ५४ लाख रुपैयाँभन्दा धेरैको संस्थापक सेयर कारोबार भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र बुटवल पावर कम्पनी परेका छन् ।
यसदिन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ५.६४ प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन डिष्टिलरीको सेयर मूल्य सबैभन्दा बढी ५.८० प्रतिशतले घटेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस