काठमाडौं बुटवल पावर कम्पनी (BPCL) ले निष्कासन गरेको ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन (एफपिओ) को बिक्री खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीको एफपिओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । एफपिओमा छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन गर्न पाइने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।
कम्पनीको एफपिओमा न्यूनतम दश कित्ता अर्थात पाँच हजार दश रुपैयाँदेखि अधिकत्म २० हजार चार सय अर्थात एक करोड दुई लाख २० हजार चार सय रुपैयाँसम्मको आवेदन गर्न पाइनेछ ।
आवेदकलाई दश कित्ता सेयर अनिवार्य गरिएकाले यसअघिका सार्वजनिक निष्कासनलाई आधारमान्दा त्यत्तीकै मात्रामा आवेदन परेमा २० कित्ताका दरले सेयर पाउने सम्भावना रहन्छ ।
एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण सुरु गरेका आयोजनामा लगानी गर्ने बताउँदै आएको छ । कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषणा गरेको छ । यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
साथै बीपीसी एक सय मेगावाटको मनाङमर्स्याङ्दी आयोजनाको अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पुरा गरिसकेको छ ।हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता सेयर ६३० रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।
देशको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको सबै बित्तीय सूचकहरुको अध्ययनपछि एफपीओलाई ‘आइपीओ ग्रेड ३’ को रेटिङ प्रदान गरेको छ । जलविद्युत कम्पनीलाई ग्रेड ३ को रेटिङ दिइनु नै यो कम्पनीका आधारभूत पक्षहरु औसत र सन्तोषजनक नै छन् भन्ने हो ।
बुटवल पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खूद नाफा आर्जन गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस