काठमाडौं – दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँको शेयर निष्कासन गर्ने भएको छ । ।आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको छ । कम्पनीलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात एक अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको एक करोड ५ लाख ९० हजार कित्ता र १५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्ट्याएको २४ प्रतिशत शेयर बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराईज क्यापिटल रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस