काठमाडौं – सान्जेन जलविद्युत् आयोजना र रसुवागढी जलविद्युत् आयोजनाको पहिलो चरणको सेयर फागुन ११ गतेदेखि निष्कासन हुने भएको छ । पहिलो चरणमा कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ताका लागि २ अर्ब २० करोड रूपैयाँको प्राथमिक सेयर निष्कासन गर्न लागेको बुधबार पत्रकार सम्मेलनमार्फत दुवै कम्पनीले जानकारी गराएका हुन् ।
दुवै कम्पनीमा प्राथमिक सेयरमा २०६८ मंसिर २२ गतेदेखि २०७४ पुस २० गतेसम्म कायम भएका सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् । सञ्चयकर्ताले न्यूनतम ५० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिन पाउनेछन् । दोस्रो चरणमा दुवै कम्पनीले चैत ५ देखि १३ गतेसम्म प्राथमिक सेयर निष्कासन गर्नेछन् ।
यसमा दुवै कम्पनीका संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारी र सञ्चयकोषका कर्मचारीले आवेदन दिन पाउनेछन् । संस्थापक संस्थाहरूमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाको स्थानीय निकायका कर्मचारी रहेका छन् । उनीहरूलाई रसुवागढीले २३ करोड ९४ लाख रुपैयाँको सेयर छुट्याएको छ । त्यस्तै, सान्जेनले १६ करोड ४२ लाख रुपैयाँको सेयर छुट्याएको छ ।
रसुवागढीको सेयरमा कर्मचारी सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि २५०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । त्यस्तै, सान्जेनका लागि भने कोषका कर्मचारीले न्यूनतम ५० देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन सी–आस्बा प्रणालीबाट मात्र दिन पाइने जनाइएको छ । दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई तोकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस