काठमाडौं – बुटवल पावर कम्पनीपछि नेपाल बैंकले नयाँ सेयर (एफपीओ) जारी गर्न पाउने/नपाउने विवाद देखिएको छ । बैंकको सञ्चित नोक्सान रहेकाले एफपीओ विवादमा परेको हो ।
धितोपत्र बोर्डको नियमअनुसार एफपीओ जारी गर्ने कम्पनी पछिल्लो पाँच वर्षमा कम्तिमा तीन वर्ष खुद नाफामा सञ्चालन भएको हुनु पर्छ । सेयर जारी गर्ने समयमा पनि नेटवर्थ प्रतिसेयर चुक्तापुँजी (सय रुपैयाँ) भन्दा बढी हुनुपर्ने प्रावधान छ ।
आव ०७०/७१ मा ७१ करोड ६९ लाख खुद नाफा कमाएको थियो, उक्त बैंकले । ०७१/७२ असारमा ४८ करोड ३८ लाख, ०७२/७३ असारमा दुई अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको परिस्कृत वित्तीय विवरणमा देखिन्छ ।
यस्तै, आव ०७३/७४ को अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले उक्त अवधिमा तीन अर्ब २१ करोड खुद नाफा गरेको छ । यस्तै, आव ०७१/७२ मा ५९ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको बैंकको यो दर आव ०७२/७३ मै एक सय एक भइसकेको परिस्कृत वित्तीय विवरणले देखाउँछ ।
‘प्रावधानअनुसार बैंकको नाफा पनि भएको र नेटवर्थ पनि पुगेको देखिन्छ । तर, सञ्चित नोक्सानलाई कसरी मूल्यांकन गर्ने भन्नेमा निर्णय हुन बाँकी छ,’ नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले भने ।
धितोपत्र बोर्डको नियमअनुसार पाँच वर्षमा कम्तिमा तीन वर्ष खुद नाफामा सञ्चालन भएको हुनुपर्छ । ‘अगाडिका दुई वर्ष नोक्सानमै रहेछ भने पनि पछिको तीन वर्षमा सञ्चिति नोक्सान पनि रहँदैन भन्ने अर्थमा नियम आएकाले एफपीओ जारी गर्न नपाइने हुनसक्छ,’ धितोपत्र बोर्डका एक अधिकारीले भने ।
तर, नियममा स्पष्ट रुपमा सोही अवधिदेखि सञ्चिति पनि नाफामा हुनुपर्छ भन्ने उल्लेख नभएकाले अन्तिम निर्णय भने बोर्डभित्रकै छलफलबाट टुंगो लाग्ने सम्भावना छ ।
आव ०७०/७१ मा ६ अर्ब ३२ करोड रुपैयाँ सञ्चित नोक्सान रहेको बैंकमा ०७२/७३ मा चार अर्ब ५१ करोडले सञ्चिति नोक्सानमा छ । बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार ०७३/७४मा भने सञ्चिति तीन अर्ब ५१ करोडले सकारात्मक छ ।
बैंकले प्रिमियम मूल्य राखेर एक करोड ७६ लाख कित्ता एफपीओ जारी गर्ने भएकाे छ । प्रिमियम मूल्य नतोकिएको बैंकको यो दर दुई सयआसपास हुने बताइएकाे थियाे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस