काठमाडौं – निरन्तर ओरालो लागेको नेप्से सूचक बुधबार ८.६५ अंकले बढेर १३८८.९४ विन्दुमा आईपुगेको छ । सूचकसँगै कारोबार रकम पनि बढेर कुल १५५ कम्पनीको ३८ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।
सोमबार २४ करोड रुपैयाँको कारोबार भएको थियो । वित्त, उत्पादन र अन्य बाहेक सबै समूहको सूचक उकालो लागेपछि बजार बढेको हो । सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय २१ अंकले बढ्यो भने माइक्रोफाइनान्स समुहको परिसुचक २० दशमलव ५५ अंकले उकालो लागेको छ । यसैगरी बैंकिङ समुहको परिसुचक पनि ५ दशमलव ६१ अंकले उकालो लागको छ ।
बुधबार जलविद्युत, विकास बैंक, होटल तथा व्यापार समुहका परिसुचक पनि सामान्य उकालो लागेका छन् । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्सको संस्थापक सेयरले अग्रता लिएको छ । नेपाल लाइफको ५ करोड ५० लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र नेपाल इन्भेष्टेमन्ट बैंकको संस्थापक सेयर परेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस